काठमाडौं । दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
नेपालगन्ज पौडी संघको आयोजनमा जारी प्रतियोगितामा सगरमाथ पौडी क्लब ललितपुरकाका राजिवन जिरेलले दोहोरो स्वर्ण पदक जितेका छन् ।
उनले यु-८ ब्वाइज ५० मिटर ब्याक स्ट्रोक र २५ फ्रि स्टाइलमा स्वर्ण पदक चुमे ।
ब्वाइज ५० मिटर ब्याक स्ट्रोकमा आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्रो भए ।
यसैगरी ब्वाइज २५ मिटर फ्रिस्टाइलमा शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगरले रजत तथा र आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठले कांस्य पदक हात पारे ।
यसैगरी सगममाथाकै छियाना महर्जनले यु ८ गर्ल्स २५ मिटर फ्रिस्टाइल र ब्याक स्ट्रोकमा स्वर्ण पदक पदक जितिन् ।
गर्ल्स २५ मिटर फ्रिस्टाइलमा आदर्श माविकी समृद्धि न्यौपानेले दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मीले तेस्रोे स्थान हासिल गरेका छन् ।
गर्ल्स २५ मिटर ब्याकस्ट्रोकमा आदर्र्श माविकी समृद्धि न्यौपानेले रजत तथा शिखा एकेडेमीकी काफिया चलाउनेले रजत पदक जिते ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका थिए । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
आयोजन क्लबका अध्यक्ष केशवराज न्यौपाने, क्लबका परिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा यु-८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुल्ला गरी १५० भन्दा बढी खेलाडीको सहभागिता छ ।
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
 