फाल्गुन २०, २०८२ बुधबार | ०६:११:४९
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

छात्रतर्फको च्याम्पियन सिद्धार्थ विद्या सदन, तस्विरः कमल खत्री ।

काठमाडौं । सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल एन्फा यु-१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

नेपालगन्ज रंगशालामा भएको छात्र फाइनलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुललाई ३-१ ले पराजित गर्यो ।

सिद्धार्थलाई दिलाउने क्रममा कमल परियारले दुई तथा भारतीले एक गोल गरे । कोहलपुर बागेश्वरीका आशिष बलले गोल गरे । 
खेलको २०औं मिनेटमा सिद्धार्थका रक्षक नविन रोकाले रातो कार्ड बेहोर्दै मैदान छाडेका थिए । विपक्षी खेलाडीलाई बक्स भित्र लडाएपछि रेफ्री अमर घलेले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

छात्रातर्फकाे फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सले होलिल्यान्ड हाइस्कुललाई १-० ले हरायाे । नेपालगन्ज सेन्ट जेभियर्सका लागि कप्तान लक्ष्मी बुढामगरले एकमात्र गोल निर्णायक बन्यो ।

 छात्रातर्फको च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, तस्विरः कमल खत्री ।  

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा गत भदौ २० गते सुरु भएको थियो । तर जेनजी आन्दोलनका कारण प्रतियोगिता  स्थगित भएको थियो प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासी सर्वोत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फ) का केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पुर्व राष्ट्रिय खेलाडी गोविन्द प्रसाद श्रेष्ठ, किशोर जंग राणा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु-१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||