माघ ३, २०८२ शनिबार | ०९:२०:५९
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

नेपालगन्जमा यु-१४ फुटबल शनिबारबाट

नेपालगन्ज । बाढी-पहिरोमा परि गतवर्ष ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना किशोर खेलाडीको स्मृतिमा शनिबार नेपालगञ्जमा १४ वर्ष मुनिको छात्र-छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितालाई जिल्ला स्तरीय यु-१४ छनोटको रुपमा गर्न लागिएको बताइएको छ । जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीका अनुसार प्रतियोगिताको विजेताले प्रदेशस्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालगञ्जको वेस्ट जोन मावी खजुरा सैनिकको र इन्टीग्रेटेड एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । शनिबारै दोस्रो खेलमा नेपालगञ्जका दुई टिम सिद्धार्थ विद्या सदन र नेपालगञ्ज मोडल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

यही भदौ २७ गतेसम्म चल्ने प्रतियोगिताको  सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समितिकी अध्यक्ष नितु  चन्द शाहले जानकारी गराइन । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाई थियो । प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उनले बताइन ।

जिल्ला फुटबल संघका अध्यक्ष शाहीले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागेको बताउँदै थपे, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरमै गरिने जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुकै लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’

गतवर्ष असोज १२ मा आएको बाढीमा परेर एन्फा एकेडेमी सिस्नेरीमा रहेका किशोर खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन  योन्जनको निधन भएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate