मंसिर २३, २०८२ मंगलबार | ०५:५२:०२
कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप

नेपालगन्जमा यु-१४ फुटबल शनिबारबाट

नेपालगन्ज । बाढी-पहिरोमा परि गतवर्ष ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना किशोर खेलाडीको स्मृतिमा शनिबार नेपालगञ्जमा १४ वर्ष मुनिको छात्र-छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितालाई जिल्ला स्तरीय यु-१४ छनोटको रुपमा गर्न लागिएको बताइएको छ । जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीका अनुसार प्रतियोगिताको विजेताले प्रदेशस्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालगञ्जको वेस्ट जोन मावी खजुरा सैनिकको र इन्टीग्रेटेड एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । शनिबारै दोस्रो खेलमा नेपालगञ्जका दुई टिम सिद्धार्थ विद्या सदन र नेपालगञ्ज मोडल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

यही भदौ २७ गतेसम्म चल्ने प्रतियोगिताको  सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समितिकी अध्यक्ष नितु  चन्द शाहले जानकारी गराइन । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाई थियो । प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उनले बताइन ।

जिल्ला फुटबल संघका अध्यक्ष शाहीले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागेको बताउँदै थपे, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरमै गरिने जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुकै लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’

गतवर्ष असोज १२ मा आएको बाढीमा परेर एन्फा एकेडेमी सिस्नेरीमा रहेका किशोर खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन  योन्जनको निधन भएको थियो ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas