कार्तिक ८, २०८२ शनिबार | ०१:४२:५५
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

इन्डो-नेपाल करातेमा नेपाललाई १३ स्वर्ण

काठमाडौं । काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको परिसरमा आयोजित इन्डो-नेपाल करातेमा नेपालले पहिलो दिन शुक्रबार नै १३ स्वर्ण पदक जितेको छ । भारतले भने एक स्वर्णमा चित्त बुझाएको छ ।

नेपालकी अन्भी शाहीले पहिलो दिन दुई स्वर्ण पदक जित्ने क्रममा महिला २०-२५ केजी तौलसमूहको फाइनलमा नेपालकै माभेवामा लामा तथा ८-९ वर्ष उमेरसमूहको फाइनलमा नेपालकै अनुष्का महर्जनलाई पराजित गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

महिला २०-२५ केजी तौलसमूहको फाइनलमा अन्भीले स्वर्ण तथा माभेवामाले रजत जित्दा नेपालकै कृष्टि तामाङ र आश्रिया कार्कीले कांस्य पदक जिते । यसैगरी उमेरसमूहमा नेपालकी समृद्धि नेपालले कांस्य पदक हात पारिन् ।

त्यस्तै ४-५ वर्षको महिलामा आर्या महर्जन, ८-९ वर्षको पुरुषमा दिभान्स थापा, १०-१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५-१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०-२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र ७-८ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५-३० केजीमा सनिश लामा, ४-५ वर्षको पुरुषमा आयान शाही र ८-९ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बी बाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा २ सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीलार्य उधृत गर्दै परिषदले जनाएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका २५ तथा भारतका ५ विद्यालयबाट खेलाडी सहभागी छन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain