आश्विन १६, २०८२ शुक्रबार | ०६:२७:१९
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने

कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ बिहिबारदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक सुरुआत त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट हुने जानकारी दियो ।

पत्रकार सम्मेलनमा फिफा फुटबल फर स्कुल्स कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी, एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहको उपस्थिति थियो ।

यो कार्यक्रमबाट विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्नुका साथै देशमा ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

फिफाले युनेस्कोसँगकाे सहकार्यमा विभिन्न देशमा सञ्चालन गर्दै आएको यो कार्यक्रम नेपालमा पहिलो पटक हुन लागेको हो ।

एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ । 

एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने योजना रहेको एन्फाले जनाएको छ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll