आश्विन १६, २०८२ शुक्रबार | ०६:२८:५३
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सम्पन्न प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा धापाखेल, ललितपुरको जेम्स स्कुलले ८४१ फिना अंकसहित पहिलो स्थान हासिल गरेको छ ।

त्यस्तै रवी भवन, काठमाडौंको निसर्ग बाटिका स्कुलले ५६९ फिना अंकसहित दोस्रो र खुमलटार, ललितपुरको प्रिमियर इन्टरनेशनल स्कुलले ३६९ अंकसहित तेस्रो स्थान हासिल गरे ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्विमिङ कम्पलेक्समा सम्पन्न दुई दिने प्रतियोगिताको अन्तिम दिन आइतबार फाइनल स्पर्धासहित पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह ललितपुर क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यमा भएको हो ।

विजेता टोली तथा खेलाडीलाई पूर्व स्वास्थ्य राज्यमन्त्री डा.कार्की, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका पूर्व कप्तानरू र अन्य विशिष्ट व्यक्तित्वले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा डा.कार्कीले पौडी सबैले सिक्नुपर्ने खेल रहेको र यसलाई नीति स्तरमा लान आवश्यक सहयोग गर्न तयार रहेको भनाई राखिन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम रहेकाले हरेक नेपाली नागरिकले पौडी सिक्न आवश्यक छ । विद्यार्थी देखि नै पौडीको महत्व सम्झाइनुपर्छ,’ कार्कीले भनिन्, ‘नीतिगत कुरामा पौडी संघसँग सहकार्य गरेर आवश्यक सहयोग गर्न तयार छौं ।’

आइतबार दुई भिन्न खेलकुद संघबीच सद्भाव र भातृत्व अभिवृद्धि गर्ने उद्धेश्यसहित पौडी संघले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरूलाई विशेष सम्मान गरेको थियो ।

अध्यक्ष श्रेष्ठले फुटबलका पूर्व कप्तानहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको र यसले भाइचाराको सम्बन्धलाई बढाउने विश्वास व्यक्त गरे । ‘हामीले नयाँ केही गर्न खोजिरहेका छौं । दिग्गज खेलाडीलाई सम्मान गर्नुपर्छ भन्ने हाम्रो उद्धेश्य हो । चाहे त्यो फुटबल होस् वा अन्य कुनै खेल । यसले विभिन्न खेल संघबीच भातृत्व बढाउन मद्धत गर्नेछ । यो मेरो आत्माले दिएको सम्मान हो । यो एउटा सुरुआत मात्र हो ।’

कार्यक्रममा नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका पूर्व कप्तानहरू क्रमशः गणेश थापा, वसन्त गुरुङ, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, राकेश श्रेष्ठ, विराज महर्जन, कमला हिराचन र चन्द्रा भण्डारीको उपस्थिति थियो ।

‘भिन्न संघबाट यसरी सम्मान पाउँदा खुसी लागेको छ । हामी फुटबलमा लागेकाहरु पौडीसंघप्रति कृतज्ञ छौं,’ अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष थापाले भने ।

प्रतियोगितामा ६६ विद्यालयका २५० विद्यार्थीले ५३ स्पर्धामा सहभागिता जनाएका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll