चैत्र १६, २०८२ सोमबार | ०९:१०:४६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

पारा तेक्‍वान्दो टोलीलाई लोकतान्त्रिक संघको बिदाई

काठमाडौं, (खेलाडी)- जापानको राजधानी टोकियोमा हुने पारालम्पिक-२०२० मा सहभागी हुन जाने नेपाली तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ- बागमती प्रदेशले बिहीबार बिदाई गरेको छ ।

नेपाली काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरे ।

नेपाली टोली तेक्‍वान्दोका सफल व्यक्तित्व दीपक विष्‍टको नेतृत्वमा शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टोलीमा खेलाडीतर्फ पलेसा गोवर्द्धन र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
 
टोलीलाई शुभकामना प्रदान गर्दै नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुखसमेत रहेका बस्‍नेतले आफ्नो पार्टी खेलाडीहरूको पक्षमा सदा अग्रस्थानमा रहने बताए ।

प्रतियोगितामा पदक जितेर आएको खण्डमा खेलकुद विभागले न्यायोचित सम्मान गर्ने उनको भनाई थियो । यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले टिमलाई सफलताको शुभकामना प्रदान गर्दै प्रत्येक चरणको खेल जित्दा नगद २० हजार प्रदान गर्ने र पदक प्राप्त गरेको खण्डमा कांस्यलाई ५० हजार, रजतलाई १ लाख र स्वर्णलाई १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारीहरूको उपस्थिती थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो