फाल्गुन १०, २०८२ आइतबार | १९:०८:५७
दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

नेपाल टेलिकम र सिल्क सेमिफाइनलमा

काठमाडौं ।  नेपाल टेलिकम कुमारी बैंक काठमाण्डौ टिम च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दुई जितपछि टेलिकमले सेमिफाईनलमा स्थान पक्का गरेको हो । 

लिगको अन्तिम खेलमा टेलिकमले आईएमईसँग प्रतिस्पर्धा गर्नेछ । आईएमई भने लगातार दुई खेलमा हार ब्यहोर्दै उपाधीको होडबाट बाहिरिएको छ । 

अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा टेलिकमले नेपाल विद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित हात पारेको हो ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन राष्ट्र बैंकलाई ३ -० ले हराएको टेलिकमका रत्नजित तामाङले बुधबार नेपाल राष्ट्र बैंकका दिपेश धामीलाई २१-१५, २२-२४, २१-१७ ले पराजित गरे । 
यस्तै टेलिकमकी सिमा राजबंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१-११, १२–२१, २१–१८ ले पराजित गरिन् ।

 पुरुष युगलमाटेलिकमका सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सवेदीको जोडीमाथि २१-१४, २१-१४ ले जित निकाले । 

त्यस्तै टेलीकमले विद्युत प्राधिकरणलाई ३-२ ले पराजित गर्यो । टेलिकमका रत्नजितले विद्युत प्रािधकरणका दीपक बोहरालाई २१-९, २१-११ ले पराजित गरे । दोस्रो खेलमा विद्युत प्राधिकरणकी शोभा गौचनले टेलिकमकी सिमा राजबंशीलाई २३-२१, २४-२२ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

तेस्रो खेलमा टेलीकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले विद्युत प्राधिकरणका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१-१५, २१-१७ को जित निकाल्दै खेललाई २-१ को अवस्थामा ल्याए । 

चौथो खेलमा विद्युत प्राधिकरणका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलीकमका जे.टि. गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१-१५, २४-२२ ले पराजित गर्दै पुन खेललाई २-२ को बराबरीमा पु¥याए । 

अन्तिम तथा निर्णायक खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दिपक बोहरा र राजु महर्जनको जोडीमाथि २१-१९, २१-१० को जित निकाले । यससँगै टेलिकमले ३-२ को जितसहित टेलिकमले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै सिल्कले कुमारी बैंक, कान्तिपुर र नेपाल आयल निगम गरि तीन वटै खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सिल्कले दोस्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३-२ ले पराजित ग¥यो । कान्तिपुरका साजन कृष्ण ताम्राकारले सिल्कका बिकास श्रेष्ठमाथि २१-१८, २१-१८ ले पराजित गरे । तर दोस्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मा माथि २१-९, २१-१३ को जित निकाल्दै खेललाई १-१ को बराबरीमा ल्याइन् । 

यसैगरि कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई १४-२१, २२-२०, २२-२० ले पराजित गर्दा पुनः कान्तिपुरलाई २-१ को अग्रता दिलाए ।
२- १ ले पछि परेको अवस्थमा सिल्कले खेललाई आफ्नो पक्षमा ल्याउने क्रममा महिला युगल तर्फ अनुमाया राई र ताशी शेर्पाको जोडीले रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१-४, २१-८ को जित निकाल्दै खेललाई २-२ को अवस्थमा पु¥याए । 

अन्तिम तथा निर्णायक खेलमा रमेश शेर्पा र विकास श्रेष्ठको जोडीले ब्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१-१४, २१-१० ले पराजित गर्दै ३-२ को जित निकाले ।

सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिल्कले कुमारी बैंकमाथि ३-१ को जित निकालेको हो ।

 सिल्कका विकास श्रेष्ठले कुमारी बैकका सुदीप सेढाईलाई २१-१५, २१-१० ले पराजित गरे । दोस्रो खेलमा अनुमाया राईले कुमारी बैककी सुनयना मुखियालाई २१-१०, २१-१६ ले हराइन् । तेस्रो खेलमा कुमारी बैकका विक्रम निरौला र निरज राईको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१-१७, १०-२१, २१-१७ ले पराजित गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।

चौथो खेलमा सिल्क ग्रुपका अनुमाया राई र ताशी शेर्पाको जोडीले ११-२ को अग्रता लिइरहेको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाले घुँडाको चोटका कारण खेल बीचमै छोडेपछि सिल्कले सेमिफाइनलमा स्थान बनाएको हो ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||