फाल्गुन १५, २०८२ शुक्रबार | १०:३६:३७
राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ

विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो

काठमाडौं । ‘गल्ली ब्याडमिन्टन सबैका लागि ब्याडमिन्टन, गल्लीदेखि गौरवसम्म' भन्ने नारासहित नेपालमा पनि शनिबार विश्व ब्याडमिन्टन दिवस मनाइएको छ ।

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्य र भक्तपुर नगरपालिकाको सहयोगमा ऐतिहासिक शहर भक्तपुरका गल्ली र चौतारामा गरेको कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्री जीवनराम श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, भक्तपुर नगरपालिकाका पर्यटन विभाग प्रमुख गौतम लसिवा, पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा भक्तपुरका विद्यार्थीबीचको प्रतिस्पर्धा गराइएको थियो । सोही अवसरमा बिडब्ल्युएफ कोच र सर्टल टाइम प्रशिक्षकद्वारा प्रशिक्षण कक्षा सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय तहमा ब्याडमिन्टनको विकासमा अतुलनीय योगदानको कदरस्वरूप भक्तपुरका ब्याडमिन्टन अम्पायर राधेश्याम मछामाछी र प्रशिक्षक सबिन ढुंगेललाई विशेष सम्मान गरिएको थियो ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्ल्युएफ) ले सन् १९३४ देखि जुलाई ५लाई विश्व ब्याडमिन्टन दिवसका रूपमा मनाउँदै आएको छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||