कार्तिक २१, २०८२ शुक्रबार | २१:१९:४६
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण

काठमाडौं । कर्मचारी खेलकुद प्रतियोगिताको १४औं संस्करणअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा नेपाल विद्युत प्राधिकरणले ‘क्लिन स्विप’ गरेको छ । ब्याडमिन्टनमा ६ स्वर्ण प्रतिस्पर्धा भएको थियो ।

हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष/महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्किा सापकोटले स्वर्ण पदक जिते ।

फाइनलमा भक्तराजले विद्युतकै मंगेश तामाङलाई २१-१२, २०-२२, २२-२० को सोझो सेटमा पराजित गरे । कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामाले कांस्य पदक हात पारे ।

अम्बिकाले फाइनलमा नेपाल कृषि विकास बैंककी दीपिका राईलाई २१-८, २१-९ को सोझो सेटमा हराइन् । कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य पदक प्राप्त गरे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा राजु महर्जनले विद्युतकै रत्न श्रेष्ठलाई २१-१०, १४-२१, २१–११ ले हराउदै च्याम्पियन बने । नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेश्रो स्थानमा रहे ।

एक्सिक्युटिभ डबल्समा बासु कलाउनी र लोकेन्द्र साउदको जोडीले स्वर्ण पदक जित्यो । उक्त जोडीले फाइनलमा विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७-२१, २१-८, २१-१८ को सेटमा हरायो । नेपाल प्रज्ञा प्रतिष्ठानका इन्द्रप्रसाद सुवेदी/राजेन्द्रकुमार शाही ठकुरी तथा नागरिक उड्डयनका सन्तुष्तकुमार बस्नेत/रमेशबहादुर कुँवरको जोडीले कांस्य  पदक जिते ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु महर्जन÷रत्न शाक्यको जोडी, विद्युतका छविलाल भट्टराई/विष्णु मास्केको जोडी तथा नागरिक उड्डयनका रमेशबहादुर कुँवर/देवेन्द्रप्रसाद पाण्डे र जनक शिक्षा सामाग्री केन्द्रका जनक भारती/रामविनय श्रेष्ठको जोडी शीर्ष तीनमा रहे ।

पुरुष डबल्समा विनोद अधिकारी/भक्तराज जोशीको जोडीले स्वर्ण, कृषिका टक्कर कुँवर/राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी÷रामकुमार थापा र विद्युतका श्याम महर्जन/विष्णु मास्केको जोडीले कांस्य पदक हात पारे ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।