फाल्गुन १५, २०८२ शुक्रबार | ००:२६:१९
भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने जिलेश्पी चम्किँदा आर्मीले जावलाखेललाई हरायो गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा

विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण

काठमाडौं । कर्मचारी खेलकुद प्रतियोगिताको १४औं संस्करणअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा नेपाल विद्युत प्राधिकरणले ‘क्लिन स्विप’ गरेको छ । ब्याडमिन्टनमा ६ स्वर्ण प्रतिस्पर्धा भएको थियो ।

हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष/महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्किा सापकोटले स्वर्ण पदक जिते ।

फाइनलमा भक्तराजले विद्युतकै मंगेश तामाङलाई २१-१२, २०-२२, २२-२० को सोझो सेटमा पराजित गरे । कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामाले कांस्य पदक हात पारे ।

अम्बिकाले फाइनलमा नेपाल कृषि विकास बैंककी दीपिका राईलाई २१-८, २१-९ को सोझो सेटमा हराइन् । कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य पदक प्राप्त गरे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा राजु महर्जनले विद्युतकै रत्न श्रेष्ठलाई २१-१०, १४-२१, २१–११ ले हराउदै च्याम्पियन बने । नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेश्रो स्थानमा रहे ।

एक्सिक्युटिभ डबल्समा बासु कलाउनी र लोकेन्द्र साउदको जोडीले स्वर्ण पदक जित्यो । उक्त जोडीले फाइनलमा विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७-२१, २१-८, २१-१८ को सेटमा हरायो । नेपाल प्रज्ञा प्रतिष्ठानका इन्द्रप्रसाद सुवेदी/राजेन्द्रकुमार शाही ठकुरी तथा नागरिक उड्डयनका सन्तुष्तकुमार बस्नेत/रमेशबहादुर कुँवरको जोडीले कांस्य  पदक जिते ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु महर्जन÷रत्न शाक्यको जोडी, विद्युतका छविलाल भट्टराई/विष्णु मास्केको जोडी तथा नागरिक उड्डयनका रमेशबहादुर कुँवर/देवेन्द्रप्रसाद पाण्डे र जनक शिक्षा सामाग्री केन्द्रका जनक भारती/रामविनय श्रेष्ठको जोडी शीर्ष तीनमा रहे ।

पुरुष डबल्समा विनोद अधिकारी/भक्तराज जोशीको जोडीले स्वर्ण, कृषिका टक्कर कुँवर/राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी÷रामकुमार थापा र विद्युतका श्याम महर्जन/विष्णु मास्केको जोडीले कांस्य पदक हात पारे ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||