चैत्र १२, २०८२ बिहीबार | १३:३६:३१
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

काठमाडौं । ओपनर अर्जुन कुमालले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाए पछि गण्डकी प्रदेशले विभागीष् टोली त्रिभुवन आर्मी क्लबलाई २१० रनको लक्ष्य दिएको छ ।

काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी ४९ दशमलब ४ ओभरमा २०९ रन बनाउदै अलआउट भयो ।

गण्डकीका लागि ओपनर अर्जुनले लगातार पाँचौ एकदिवसीय खेलमा ५० भन्दा माथिको रन प्रहार गरे । उनले सर्वाधिक ६७ रन बनाए । अर्जुनले १०२ बलको सामना गरेर ४ चौका र १ छक्का प्रहार गरे ।

अर्जुनले पिएम कपको राष्ट्रिय प्रतियोगितामा लगातार दुई तथा प्रदेश छनोटको पछिल्ला तीन खेलमा ५० रन भन्दा धेरैको योगदान गरेका हुन् । अघिल्लो खेलमा बागमती प्रदेशविरुद्ध ७४ रनको इनिङ खेलेका अर्जुनले अहिले भइरहेको त्रिभुवन आर्मीविरुद्धको खेलमा ६७ रन खेलेका हुन् ।

अर्जनले पिएम कपका लागि भएको गण्डकी छनोटको सेमिफाइनल र फाइनलमा सानदार शतक प्रहार गर्दा समूह चरणको अन्तिम खेलमा अर्धशतक बनाएका थिए । फाइनलमा नवलपुर जिल्लाविरुद्ध अर्जुनले १३१ बलमा १११ तथा सेमिफाइनलमा तनहुँ जिल्लाविरुद्ध ११८ बलमा १०३ रन बनाएका थिए ।

अर्जुनले चौथो विकेटका लागि दिपक डुम्रेसँग मिलेर ६२ रनको साझेदारी गरे । दिपकले ४५ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले । गण्डकीका अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

आर्मीका लागि आकाश चन्द र शाहब आलमले समान ३ तथा कुशल मल्लले २ विकेट आफ्नो नाममा गरे । आर्मी र गण्डकीले आ आफ्नो दोस्रो खेल खेल्दैछन् । आर्मी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पुलिसलाई पराजित गरि उच्च मनोबलका साथ मेदान उत्रदै गर्दा गण्डकीले बागमतीसँग फराकिलो हार बेहारेको थियो ।

आर्मी दोस्रो खेलमा पनि जितको लयलाई निरन्तरता दिन पक्षमा छ । गण्डकी पनि आर्मीलाई हराउँदै गुमेको लय फिर्ता ल्याउने प्रयासमा हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो