पुस २७, २०८२ सोमबार | १८:०७:३०
विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी

सुविन र रिहान्नाले जिते यु-१९ ब्याडमिन्टन प्रतियोगिता

काठमाडौं ।  सुविन श्रेष्ठ र रिहान्ना शेरचन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत यु-१९ तर्फको उपाधि जितेका छन् । सुविन ब्वाइज तथा रिहान्ना गर्ल्सतर्फ च्याम्पियन बने ।

टोखा नगरपालिका र डिबिए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको ब्वाइजको फाइनलमा त्रिभुवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१-१९,२१-१७ को सोझो सेटमा हराए । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा आर्मीकी रिहान्नाले लालिगुराँसकी अस्मिता खत्रीलाई २१-१३, २१-१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए ।

यो स्पर्धाका शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै यु-१५ ब्वाइजतर्फको फाइनलमा आर्मीका सुदेश राजकोटीले इमा तामाङलाई १६-२१, २१-१४, २१-१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो स्थानमा रहे ।

सोही स्पर्धाको गर्ल्स  फाइनलमा निभा राईले समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।

यु-१३ काे ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१-१०,२१-१० को सोझो सेटमा हराउँदै पहिलो भए । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबिबीएफका सक्षम गुरुङले तेस्रो स्थान हासिल गरे ।

गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहाल आर्मीकी अजरेन्का शेरचनलाई २१-१८, २१-११ ले हराउँदै पहिलो भइन् । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपिएफकी आकृति कार्की तेस्रो स्थानमा रहे ।

विजेतालाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||