फाल्गुन १४, २०८२ बिहीबार | २०:५५:००
गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल गुरुङ दम्पत्तिबाट सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा फ्लडलाइट जडान एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल

सुविन र रिहान्नाले जिते यु-१९ ब्याडमिन्टन प्रतियोगिता

काठमाडौं ।  सुविन श्रेष्ठ र रिहान्ना शेरचन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत यु-१९ तर्फको उपाधि जितेका छन् । सुविन ब्वाइज तथा रिहान्ना गर्ल्सतर्फ च्याम्पियन बने ।

टोखा नगरपालिका र डिबिए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको ब्वाइजको फाइनलमा त्रिभुवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१-१९,२१-१७ को सोझो सेटमा हराए । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा आर्मीकी रिहान्नाले लालिगुराँसकी अस्मिता खत्रीलाई २१-१३, २१-१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए ।

यो स्पर्धाका शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै यु-१५ ब्वाइजतर्फको फाइनलमा आर्मीका सुदेश राजकोटीले इमा तामाङलाई १६-२१, २१-१४, २१-१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो स्थानमा रहे ।

सोही स्पर्धाको गर्ल्स  फाइनलमा निभा राईले समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।

यु-१३ काे ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१-१०,२१-१० को सोझो सेटमा हराउँदै पहिलो भए । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबिबीएफका सक्षम गुरुङले तेस्रो स्थान हासिल गरे ।

गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहाल आर्मीकी अजरेन्का शेरचनलाई २१-१८, २१-११ ले हराउँदै पहिलो भइन् । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपिएफकी आकृति कार्की तेस्रो स्थानमा रहे ।

विजेतालाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||