आश्विन १, २०८१ मंगलबार | ०१:३०:३२
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

चन्दन र रोहित फाइनलमा

फाइल तस्विर

काठमाडौं । बाँकेका चन्दन शाही र अछामका रोहित जनाला राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगिताको जुनियर छात्रतर्फ ४६ किलो तौल समूहमा फाइनल प्रवेश गरेका छन् ।

चन्दनले नक्सालका सक्षम लामालाई तथा रोहिले डिजीबक्सका रितने महतोलाई ५ः० अंकको आधारमा पराजित गरे ।

आइतबार भएका अन्य खेलहरुमा ४८ किलो तौल समूहमा दाङ्गका लोकेश पुनले भक्तपुरका भाष्कर खड्कालाई ४ः१ अंकको आधारमा पराजित गरे । सोहि तौलसमूहमा अल्फाका कमल गुरुङले फाइटका वाङजुक्ला भोटेलाई ५ः० अंकको आधारमा हराए ।

यसैगरि ५० किलो तौल समूहमा ललितपुरका स्वभाव थापाले सुनसरीका विधान श्रेष्ठलाई पहिलो राउन्डमै आरएसीका आधारमा निरास बनाए । सोहि तौल समूहमा फाईटका छिरिङ्गदोर्जे शेर्पाले बाँकेका नविन सिंहलाई आरएसीका आधारमा पराजित गरे ।

जुजियर छात्रतर्फ ५२ किलो तौल समूहमा भुमिका सरोज तामाङले एबिसिका मुस्कान राईलाई आरएसीका आधारमा हराए । सोहि तौल समूहमा एचटुओका प्रज्वल खत्रीले एलबिएका सुजन थापा मगरलाई ५ः० अंकको आधारमा निरास बनाए ।

५४ किलो तौल समूहमा दाङ्गका तुल्सीराम बुढाथोकीले एचटुओका विवेक मगरलाई ५ः० अंकको आधारमा तथा झापाका अनवाश बुढाथोकीले एबिसिका पेमनुरु शेर्पालाई नकआउट गरी फाइनलमा स्थान बनाए ।

५७ किलो तौल समूहमा अछामका विनोद नागार्जेले बोसीगाँउका करण मालीलाई ५ः० अंकका आधारमा  पराजित गरे भने सोहि तौल समूहमा भाईबका मिसन गुरुङ्गले भक्तपुरका गौरव वानलाई आरएसीका आधारमा हराउँदै फाइनल प्रवेश गरे ।

यस्तै ६० किलो तौल समूहमा शेरप गेल्चेन शेर्पाले भाइबका सज्जन राईलाई ५ः० अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदा सिजिजीका सिजन घलेले बोसीगाँउका मिनबहादुर खामचाबाट वाकओभर प्राप्त गरे ।

६३ किलो तौल समूहमा एबिसिका युनिक राईले आर्यनका प्रतिक कार्कीलाई ५ः० अंकको आधारमा पराजित गरे । सोहि तौल समूहमा सिजिजिका निकेश गुरुङ भट्टराईले बक्समाण्डुका सुसान श्रेष्ठलाई ३ः२ अंकको आधारमा हराए ।

६६ किलो तौल समूहमा उदयपुरका रोजन मगरले बोसीगाँउका तपेश अधिकारीलाई आरएसीको आधारमा हराउँदै फाइनल यात्र तय गरे । मात्रीभूमिका नविनतम खड्काले दाङ्गका सेवक बुढामगरलाई ५ः० अंकको आधारमा  निरास बनाए ।

७० किलो तौल समूहमा सिजिजिका आयुष तामाङले ललितपुरका सुदिन श्रेष्ठलाई आरएसी तथा सुनसरीका उत्सव तामाङले एलबिएका रोशन बिकलाई ४ः१ अंकको आधारमा हराउँदै  फाइनलमा स्थान पक्का गरे ।

यसैगरि  जुनियर छात्रतर्फ ७५ किलो तौल समूहमा ललितपुरका प्रजित राईले उदयपुरका प्रजन राईलाई ४ः१ अंकको आधारमा पराजित गर्दै स्वर्ण चुमे ।

८० किलो तौल समूहमा आर्यनका सुर्यन वैधले जेनेक्सका युगेन तामाङलाई आरएसीको आधारमा पराजित गरी पहिलो भए । 

८०ं तौल समूहको फाइनलमा आर्यनका श्रीयान्स सिवाकोटीले बोसीगाँउका युवराज परियारलाई आरएसीको आधारमा पराजित  गरे । 

जुनियर छात्रातर्फ ४६ किलो तौल समूहमा एलबिएकी रेनुका नेपालीले दमककी दिप्सा काम्बाङ्गलाई ५ः० अंकको आधारमा हराउँदै प्रथम स्थान हासिल गरिन् ।

यसैगरि स्कुल छात्रतर्फ ७०ं किलो तौल समूहमा दमकका ग्याल्बु आङ्गदाम्बेले ५ः० अंकको आधारमा बोसीगाँउका अन्सुल पन्थीलाई हराउँदै फाइनल यात्रा तय गरे ।

३३ किलो तौल समुहमा ललितपुर बक्सिङ एकेडेमीका प्रदीप नेपालीले एचटुओका अनुज दुग्गुजलाई युनानिमस ५ः० को  अंक अन्तर तथा ४० किलो तौल समुहमा आरडियसका प्रविन थापाले अल्फाका प्रिन्स थापालाई पराजति गर्दै प्रथम स्थान हासिल गरे ।

४३ किलो तौल समुहमा अछामका रोशन विकेले भूमीका रोजन गहतराजलाई तथा ४६ किलो तौल समुहमा एबिसीका अनिश राईले सुनसरीका कुन्जन थापालाई दोस्रो राउन्डमै आरएससीका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे ।

४९ किलो तौल समुहमा भाइबका सम्पूर्ण अधिकारीले ५ः०को युनानिमस डिसिजनको आधारमा उदयपुरका अभिसेक बस्नेत तथा ५२ किलो तौल समुहमा केबीएका अंकित कार्कीले भक्तपुरका अलिस ताव्यानलाई ५ः० को युनानिमस डिसिजनको आधारमा हराउँदै  पहिलो भए । 

५५किलो तौल समुहमा बक्समाण्डुका आरोग्यले सुनसरीका स्टोन काम्बाङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा निरास बनाउँदै प्रथम स्थान हासिल गरे ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024