माघ २, २०८२ शुक्रबार | १०:५२:३१
बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण

एन्फा, समर्थकलाई सम्मान गर

दर्शक र समर्थक कुनै पनि खेलको सुन्दरता हुन् । कुनै पनि खेल विकासमा समर्थकको उपस्थिती, समर्थन र सहयोगको महत्वपूर्ण योगदान हुन्छ । नेपालको सन्दर्भमा पनि यही लागू छ, अरु दक्षिण एसियाली देश र समग्र विश्व खेलकुदको हकमा पनि लागु हुने कुरा यही हो । एक वाक्यमा भन्ने हो भने, समर्थकविनाको खेलकुद कल्पनीयसम्म हुँदैन ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) विश्व क्रिकेटको सबभन्दा धनी क्रिकेट बोर्ड हो । यस्तै, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ वा जर्मन बुन्डेशलिगा यी सबै युरोपका मुख्य घरेलु फुटबल लिग विश्व खेलकुदका ‘ग्लोवल ब्रान्ड’ हुन् ।

भारतमा क्रिकेटको वृद्धि निसन्देह रुपमा त्यहाँका जनतामा रहेको लोकप्रियतासँग जोडिएको छ, चाहे त्यो होस् फ्रेन्चाइज क्रिकेट होस् वा अन्य कुनै अन्तर्राष्ट्रिय शृंखला । बिसिसिआई वा माथि उल्लेख गरिएका अन्य युरोपियन लिगलाई धनी र प्रभावशाली बनाउने प्रमुख स्रोत भनेकै समर्थक हुन् ।

नेपालको सन्दर्भमा, केही हप्ताअघि राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक ‘नेपाली फुटबलको घर’ दशरथ रंगशालामा आधिकारिक प्रतियोगिता खेल्यो । जसमा नेपाल सँधैझै उपविजेता बन्यो । यसअघि भारतसँग जस्तै यसपाली चाँही फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो ।

साढे तीन दशकभन्दा लामो समयअघि अन्तर्राष्ट्रिय खेल यात्राको थालनी गरेको भए पनि नेपाली महिला टिमले ‘आफ्नो घर’मा आधिकारिक प्रतियोगिता खेल्न पाएको यो पहिलो पटक थियो । रंगशालामा फुटबलप्रेमी समर्थकहरुले नेपाली टिमलाई उत्साहपूर्ण स्वागत गरे, जोशिलो समर्थन गरे । जसले फुटबल व्यवसायिक बन्न नसकेको देशमा नयाँ दृष्टिकोणको सुरुआत गर्यो ।

नयाँ दृष्टिकोण

महिला टिमको असाधारण क्षमताको योजनावद्द र सही मार्गनिर्देश हुनुपर्छ । अहिले यसको जिम्मेवारी देशको फुटबल अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग छ । तर, उनीहरुले कसरी यसलाई अघि लैजान्छन् भन्ने प्रश्नलाई महिला फुटबल टोलीको गर्विलो यात्राले थप सान्दर्विक बनाएको छ ।

तर, दुःखद सत्य के भने, नेपालमा पुरुष फुटबल पनि व्यवसायिक बन्न सकेको छैन । यद्यपि, हरेक अवसरअघि चुनौतीहरु हुन्छन् । आशा छ, सम्बन्धित निकायले यसबारे चासो देखाउने मात्र नभई केही ठोस कदम चाल्नेछ । स्पष्ट खाका अगाडि ल्याउनेछ । नेपाली महिला फुटबलको हक लाग्ने एसियाली स्तरसम्मको यात्रामा सारथी बन्नेछ ।

समर्थकको बारेमा यसअघि नै चर्चा गरिएको भए पनि एन्फा उनीहरुको ‘ह्यान्डलिङ’ मा निक्कै लापरवाह र असम्वेदनसिल देखियो । नेपाल–बंगलादेशबीचको खेल समाप्त भएपछि साधारण प्यारापिटका केही समर्थक आफ्ना प्रिय खेलाडीलाई भेट्न मैदानमा उत्रिए । जसलाई उनीहरुले टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा देखेका थिए ।

समर्थक मैदानमा उत्रिने घटना नेपालमा मात्र होइन । विश्वभर नै यस्ता घटनाहरु हुने गर्छन । यो भन्दा धेरै माथिल्लो स्तरका प्रतियोगिताहरु, जस्तै विश्वकप र युरोपियन च्याम्पियनसिपमा पनि आफ्ना प्रिय स्टारसँगको एक सेल्फी वा नजिकबाट पाइने एक झलकको आशामा समर्थकहरु मैदान ओर्लिएका दृष्यहरु सामान्य तरिकाले नै देखिइरहन्छन् । तर, मैदानमा सुरक्षाका लागि रहेको गार्डले समर्थकलाई त्यसरी कहिल्यै पिटदैनन्, जसरी दशरथ रंगशालामा मंगलबार नेपाली फुटबलका एक समर्थकले पिटाई खानुपर्यो ।

गार्डले मैदानमा ओलिएका ती समर्थकलाई कुटपिट मात्र गरेनन्, कुट्दै रंगशालाको एक कुनामा लगे र निर्दयी रुपमा बाहिर हुत्याइदिए ।

रंगशालाको सुरक्षा व्यवस्थापन कडा हुनुपर्छ । यसमा प्रश्न गर्न खोजिएको होइन । तर, यसो भन्दैमा एन्फा वा गार्डहरुलाई समर्थकमाथि कुटपिट गर्ने कुनै पनि अधिकार छैन । फेरि समर्थक कुटेर सुरक्षा दिएँ भन्नु भन्दा वाहियात तर्क पनि अरु केही हुन सक्दैन ।

एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।

(अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपिएसबाट २०१९ मा विश्वकै सर्वोत्कृष्ट स्तम्भ लेखकको पुरस्कार पाएका पत्रकार ओली दी काठमाडौं पोष्टमा कार्यरत छन् । नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव ओलीको ब्लगबाट साभार) 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate