आश्विन ३, २०८१ बिहीबार | ०६:५८:२७
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

प्रकाशले जिते मिस्टर काठमाडौं उपाधि

प्रकाश राईलाई ट्रफी प्रदान गरिदै ।

पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि फोनिक्स फिट्शालाका प्रकाश राईले जितेका छन् ।

विभिन्न पाँच तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश समग्रमा च्याम्पियन बने । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए ।

प्रकाशले उपाधिसँगै १ लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएवापत छुट्टै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष ५५ केजीबाट डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० केजीबाट एक्सट्रिम फिट्नेसका चनबहादुर थापा, ६५ केजीबाट ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० केजीबाट कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य र ७५ केजीमुनिबाट फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ अन्तिम स्पर्धामा थिए ।

६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको जुनियरमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दि जिम एक्सका रिसब श्रेष्ठ दोश्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेश्रो भए ।

पुरुष मास्टर्समा डिभाइनका रमेश अधिकारी, माइ फिट्नेस जिमका सलिम कुराइसी र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रे शीर्ष तीन स्थानमा रहे ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथिमा नेपाली युथ फिट एन्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, आइरन प्याराडाइस फिट्नेस एन्ड स्पाका ज्ञानेश्वर चौधरी र फिट्नेस गराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहे ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटर मुनीमा अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोश्रो तथा न्यु गोल्डस् फिजिकल सेन्टरका सुरज डंगोल तेश्रो भए ।

यि चार विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला एथलेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोश्रो र गोल्डस् जिमकी उर्मिला श्रेष्ठ तेश्रो स्थानमा रहे । 

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई गृह मन्त्री रमेश लेखक, संघीय सांसद ठाकुर गैरे, पूर्व प्रदेश मन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थ, आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा २०८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024