चैत्र १२, २०८२ बिहीबार | ०८:३०:५२
पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी

चीन जाने कराते टोलीको बिदाइ

एरिका गुरुङलाई खेल पोशाक प्रदान गरिँदै ।

काठमाडौं । चीनमा हुने एसियाली सिनियर कराते च्याम्पियनसिपको २०औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाई भएको छ ।

प्रतियोगिता चीनको हाङझावस्थित स्पोर्टस  सेन्टर जिम्न्याजिममा सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ ।

प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव जाँदैछ ।

एरिका गुरुङले महिला ६८ केजीमाथि, जिया कार्कीले ५५ केजीमुनि, निरुपा दोङ तामाङले ६१ तथा एलिसा रास्कोटी मगर, मेघा लिम्ब, र टप्पी थापाले टिम कातामा सहभागिता जनाउने छन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्नेछिन् ।

पुरुष ६० केजीमुनिमा मिनबहादुर तामाङ, ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ, ८४ केजीमुनिमा मोहम्मद शेखु आलम, ८४ केजीमाथिमा आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले नेपालको चुनौती पेश गर्नेछन् । 

सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।

टोलीको मुख्य प्रशिक्षकमा १०औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा कराते महासंघका सदस्य रवि महर्जन छन् ।

प्रतियोगितामा ३१ राष्ट्रका ३६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

बिदाइपछि तस्विर खिचाउदै कराते टोली । 

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार बिदाइ गरे ।

बिदाइ कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति थियो । 

सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टि-सर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।

सदस्यसचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताउदै खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए । उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठूलो अवसर भएको बताउदै विश्व च्याम्पियनहरुको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो