माघ १९, २०८२ सोमबार | ००:५२:०३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

चीन जाने कराते टोलीको बिदाइ

एरिका गुरुङलाई खेल पोशाक प्रदान गरिँदै ।

काठमाडौं । चीनमा हुने एसियाली सिनियर कराते च्याम्पियनसिपको २०औं संस्करणमा सहभागी हुने नेपाली टोलीको बिदाई भएको छ ।

प्रतियोगिता चीनको हाङझावस्थित स्पोर्टस  सेन्टर जिम्न्याजिममा सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ ।

प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव जाँदैछ ।

एरिका गुरुङले महिला ६८ केजीमाथि, जिया कार्कीले ५५ केजीमुनि, निरुपा दोङ तामाङले ६१ तथा एलिसा रास्कोटी मगर, मेघा लिम्ब, र टप्पी थापाले टिम कातामा सहभागिता जनाउने छन् । एसिलाले एकल कातामा पनि आफ्नो कौशल प्रदर्शन गर्नेछिन् ।

पुरुष ६० केजीमुनिमा मिनबहादुर तामाङ, ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ, ८४ केजीमुनिमा मोहम्मद शेखु आलम, ८४ केजीमाथिमा आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले नेपालको चुनौती पेश गर्नेछन् । 

सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए ।

टोलीको मुख्य प्रशिक्षकमा १०औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठ तथा प्रशिक्षकमा १३औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ छन् । टिम व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह तथा कराते महासंघका सदस्य रवि महर्जन छन् ।

प्रतियोगितामा ३१ राष्ट्रका ३६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

बिदाइपछि तस्विर खिचाउदै कराते टोली । 

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कंग्रेसमा सहभागी हुन नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन् । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार बिदाइ गरे ।

बिदाइ कार्यक्रममा तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलगायतको उपस्थिति थियो । 

सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टि-सर्ट र टोपी हस्तान्तरण गरिएको थियो ।

सदस्यसचिव घिसिङले व्यवस्थित तयारीका साथ कराते टोली प्रतियोगितामा सहभागी हुन लागेको बताउदै खेलाडीलाई उच्च प्रदर्शनका लागि शुभकामना दिए । उनले यो प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई राखेपले सुविधासहित रणनीतिक तयारीका लागि राष्ट्रिय टिम तयारीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एरिकाले एसियन च्याम्पियनसिपमा सहभागी हुन पाउनु ठूलो अवसर भएको बताउदै विश्व च्याम्पियनहरुको सहभागिता रहने भएकाले सबै खेलाडीका लागि अनुभव बटुल्ने र आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म भएको बताइन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।