पोखरा । असोज १२ गते पोखरामा प्रथम पर्वतीय दौड प्रतियोगिता हुने भएको छ ।
पोखरा क्लिक प्रालिले आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म अनलाइमार्फ नाम दर्ता गर्न सकिनेछ ।
‘भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौडमा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने गरि अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ ।
खुलातर्फका विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमा णपत्र प्रदान गरिनेछ ।
यसैगरी महिला धावक र यु-१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक/ एक जनालाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।
सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस तथा सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर दौड आयोजना गर्न लागिएको बरालले बताए ।