चैत्र १८, २०८२ बुधबार | ११:५०:४६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण

पदक विजेता खेलाडी ।

काठमाडौं । प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगिताको एकल कातामा टोखा भैरवका सुजन तामाङले पुरुष तथा अप्सना रोका मगरले महिलातर्फ स्वर्ण पदक जितेका छन् ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा सोमबार भएको प्रतियोगिताको पुरुष २५ केजीमुनिमा अजिमाका अनुरोज थापामगर, ३० केजीमुनिमा गोंगबुका सिहान राना, ३५ केजीमुनिमा मनमैजुका शुलभ राजवाहक र ६० केजीमाथिमा मनमैजुका सुरज राजवाहकले स्वर्ण पदक प्राप्त गरे ।  

यसैगरी महिला २५ केजीमुनिमा रोयल करातेकी निशुका महर्जन, ३० केजीमुनिमा गोदावरीकी आइस्टी पहरी, ३५ केजीमुनिमा गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनिमा मनमैजुकी एलिना तामाङ, ४५ केजीमुनिमा मनमैजुकी प्रतिक्षा तामाङ र ५० केजीमुनिमा नागार्जुनकी सृजना तामाङले स्वर्ण पदक हात पारे ।

प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । सो अवसरमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतको उपस्थिति  थियो ।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा २५ टिमका ३५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

टोखा नगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो