कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक ललितपुर जिल्ला प्रमुख डोजो लगनखेलले जनाएको छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा हुने प्रतियोगिता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ केजी माथी, काता र टिम काता तथा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ केजी माथि, काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

१७ तौल समूहमा सात प्रदेश र तीन विभगीय टोली गरि १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा प्रत्येक टिमबाट २१ खेलाडी, दुई प्रशिक्षक र १ व्यवस्थापक गरि २ सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिक गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

नेपाल कराते महासंघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतियोगिताको च्याम्पियनले १ लाख तथा दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar