पुस २४, २०८१ बुधबार | २२:०७:२८
नेपालका सद्भावलाई एकल अग्रता बागमती गाउँपालिकामा ह्यान्डबल प्रशिक्षण सम्पन्न खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन पिएसएलको ड्रफमा ६ नेपाली खेलाडी अबदेखि साफ च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने वालिङविरुद्ध आर्मीको एक दर्जन गोल पुलिस ४५ रनले अगाडि बागमती १५२ रनले पछाडि न्युजिल्यान्डलाई एकदिवसीय शृंखला सहज जित निकाल्दै आर्मी फाइनलमा नेपालका सद्भावलाई एकल अग्रता बागमती गाउँपालिकामा ह्यान्डबल प्रशिक्षण सम्पन्न खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन पिएसएलको ड्रफमा ६ नेपाली खेलाडी अबदेखि साफ च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने वालिङविरुद्ध आर्मीको एक दर्जन गोल पुलिस ४५ रनले अगाडि बागमती १५२ रनले पछाडि न्युजिल्यान्डलाई एकदिवसीय शृंखला सहज जित निकाल्दै आर्मी फाइनलमा

खेलकुदमा विभेद किन?: युवराज लामा

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले युवा तथा खेलकुद मन्त्रालय र नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यले करातेलाई विभेद गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गरिएकै दिन लामाको यस्तो अभिव्यक्ति आएको हो ।

लामाले फेसबुकमा लेखेका छन्,‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राखेपले क्रिकेट, भलिबल र फुटबल खेलाडीलाई दक्षिण एसियाली प्रतियोगितामा पाएको सफलता बमोजिम खेलकुद नियमावली अनुसार नगद पुरस्कारसहित सम्मान गरेको छ । तर, कराते खेलाडीलाई नियमावलीमा लेखिए पनि आवश्यक पुरस्कार दिइएको छैन । यस्तो किन ? खेलकुद क्षेत्रमा यस्तो विभेद किन ?’

‘खेलकुदको नियामक निकायले विभन्न बहाना बनाएर संघले पाउनु पर्ने पुरस्कार प्रदान गरेको छैन,’ राखेपका पूर्व सदस्य सचिव समेत रहेका लामा प्रश्न गर्छन्, ‘खेलकुदमा जंगे नियम लागु भएको हो रु वार्षिक तलब भत्ता र विदेश भ्रमणमा अरबौं खर्च गर्नै अनि खेलाडीलाई दिनु पर्ने रकममा चाहिँ कञ्जुस्याइँ किन रु खेलाडीले खेलेन भने मन्त्रालय र राखेप केको लागि ? ’

पुरस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोली, एसियाली कराते च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र  काभा विच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्ट छन् ।
 


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा फेरि उदाउनेछ PEPSICOLA TOWN PLANNING मा FOOTBALL को बिहानी
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League