माघ २, २०८१ बुधबार | २०:१८:५२
अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा

एपिएफले बागमतीलाई हरायो

एन्फा राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्दै बागमती युवा क्लब र एपिएफ क्लब, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा विभागीय टोली एपिएफ क्लबले बागमती युवा क्लबविरुद्ध ६–० गोल अन्तरको सहज जित हासिल गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिंङ र सरु लिम्बुले समान दुई गोल गरे । त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपिएफले आत्मघाती उपहारका रुपमा पायो । जितसँगै एपिएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । पाँच खेलमा एपिएफले स्पष्ट १५ अंक जोडेको छ । यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो । चौथो खेलमा हार बेहोरेको बागमतीले पाँच खेलमा तीन अंक जोडेको छ ।

स्टार खेलाडीले भरिएको एपिएफले पहिलो हाफमा दुई गोल गरेको थियो । बागमतीले अन्तिम तीन मिनेट सम्हाल्न नसक्दा गोल खान बाध्य भएको हो । यसअघि बागमतीले एपिएफको एकपछि अर्को आक्रमणलाई विफल बनाएको थियो । खेलको ४२औं मिनेटमा एपिएफले सेटपीस अवसरलाई सदुपयोग गर्यो । कप्तान अनिता बस्नेतको कर्नर बललाई स्ट्राइकर रश्मीले हेडमार्फत पोस्टको दिशा दिइन् । विपक्षी रक्षक सुनिता भुलानले रश्मीको सहज हेडरलाई क्लियर गर्न नसक्दा एपिएफले अग्रता लिन सकेको हो । इन्जुरी समयमा विंगर सवीता रानामगरको सुन्दर क्रसमा कुनै पनि निगरानीमा नरहेकी रश्मीले वान टचमा गोल गरिन् ।

खेलको ५४औं मिनेटमा विपक्षी रक्षक सेमिहाङ्मा लिम्बु पन्धकको आत्मघाती गोलमा एपिएफले तीन गोलको अग्रता लियो । सवीताको क्रसमा कप्तान अनीता बस्नेतको हेडर सेमिहाङ्मासँग ठोक्किँदै गोलमा परिणत भएको हो । एक मिनेट पनि बित्न नपाउँदै सरुको गोलमा एपिएफले चार गोलको अग्रता लियो । सरुले अनीता केसीको पासलाई सदुपयोग गरिन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा सरुको पासमा प्रीतिले बक्स बाहिरबाट सुन्दर गोल गरिन् । इन्जुरी समयमा सरुले अर्को गोल गरिन् ।
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO