माघ १०, २०८१ बिहीबार | ०५:३२:२१
पहिलो ट्वान्टी-२० मा भारत विजयी भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित पहिलो ट्वान्टी-२० मा भारत विजयी भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित

एपिएफको रोमाञ्चक जित

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार फ्रेन्ड्स क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै एपिएफले पाँच खेलमा ११ अंक जोडेको छ । पराजित फ्रेन्ड्सको समान खेलबाट सात अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबाले दुई र उत्सव थापाले एक गोल गरे । फ्रेन्ड्सका लागि अफ्रोज अली र क्रिश कटुवालले गोल गरे ।

एपिएफ र फ्रेन्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

खेलको सातौं मिनेटम अविनाशको गोलमार्फत एपिएफल अग्रता लिएको थियो । ३०औं मिनेटमा अफ्रोजले पेनाल्टीमार्फत फ्रेन्ड्सका लागि बराबरी गोल फर्काए ।

क्रिशले ४९औं मिनेटमा गोल गर्दा फ्रेन्ड्स २-१ ले अगाडि बढ्यो । ७६औं मिनेटमा उत्सवले गोल  गरेपछि एपिएफ २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अविनाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई रोमाञ्चक जित दिलाए ।

बुधबारै सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले एफसी खुमटारविरुद्ध ६-० को सानदार जित दर्ता गर्यो ।


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥