काठमाडौं । मार्वलसलाई ४७-२७ ले पराजित गर्दै हेम्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
बुधबार हेम्सलाई जित दिलाउन सुशांक आचार्यले १४ अंक जोडे ।
सोही स्पर्धामा सनसाइनले आयोजक केएमसी ‘बी’ लाई ६५-२४, केयर इङलिसले गोदावरी रेसिडेन्सियललाई ३६-१९ र एम्बासडरले एभरेस्टलाई ४४औ२९ ले हराए । सनसाइनका विशाल खड्काले २९, केयरका सुशान्त मगरले १६ र एम्बासडरका विसन खड्काले ३४ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले नेपाल सेन्ट्रललाई २२–१० तथा कश्यपले सनसाइनलाई १८-५ ले निरास बनाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अजय मगरले १० तथा कश्यपका एलेन लामाले १२ अंक जोडे ।
सिनियर गर्ल्समा रिब्सले क्यान्भासलाई २९-५ ले हरायो । रिब्सकी सिस्का थापाले १० स्कोर गरिन् ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO