तीन सदस्यीय कराते टोली क्यानडा जाने

काठमाडौं । च्यालेन्ज कराते रिभर नोर्डच्यालेन्ज कराते रिभर नोर्डको १६ औं संस्करणमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शुक्रबार क्यानडाको मोन्ट्रियल जाने भएको छ ।

जनवरी २७ र २८ तारिखमा हुने प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष ५५ केजीमुनिमा प्रेमप्रसाद नेपाल र ६७ केजीमुनिमा मणिकुमार सुनुवारले प्रतिस्पर्धा गर्ने छन् । टोलीको प्रशिक्षकमा साइला गमाल छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar