कराते टोली जर्मनी प्रस्थान

काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय टोली ड्रेसडेन ओपन कराते च्याम्पियनसीप २०२४ मा सहभागी हुन बिहिबार जर्मनी प्रस्थान गरेको छ ।  प्रतियोगिता शनिबार सुरु हुनेछ ।

 प्रतियोगतामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी सायाङ्ग लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते प्रतिस्पर्धा गर्नेछिन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

 प्रशिक्षकाको भुमिकामा डिगम्वरप्रसाद पन्त छन् । नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा बुधबार टोलीलार्इ ज्याकेट वितरण गरी विदाइ गरिएको थियो ।  

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar