भारतमा नेपाललाई आठ स्वर्ण

काठमाडौं । दोश्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट क्योकुसिन कराते प्रतियोतिगामा नेपाली खेलाडीले आठ स्वर्ण जितेका छन् ।

भारतको आसाममा भएको प्रतियोगिताको पुरुषमा गणेशप्रसाद चौधरी, दिनेश भान, होमबहादुर राई, आशिष तामाङ र सुशान्त तामाङले स्वर्ण जिते । महिलामा अनिशा तामाङ, सिवानी आले मगर र दिक्षा महराले स्वर्ण हात पारे ।

यसैगरी पुरुषमा सरोज श्रेष्ठ, विवेक नेपाली र पूर्ण गुरुङ तथा महिलामा निसु तामाङले रजत पदक प्राप्त गरे । पुरुषमा बाबुकृष्ण महर्जन, आंशुतोष जैसवाल, केशव विक, साजन नेपाली र विवेक बर्देवा तथा महिलामा साक्षी ढकाल र अञ्जना बुढाथोकीले कांस्य पदक जिते  ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar