राष्ट्रिय खुला वादोरियो करातेः बागमती टिम च्याम्पियन

काठमाडौं । बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले थप दुई रजत र एक कांस्य  पदक पनि जित्यो ।

नेपाल वादोरियो कराते डो संघद्धारा आयोजित प्रतियोगितामा एक स्वर्ण, तीन रजत र  तीनकांस्य पदकसहित कोशी प्रदेश दोश्रो भयो । तेश्रो स्थानको मधेश प्रदेशले एक स्वर्ण र पाँच कांस्य पदक हात पार्यो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ७ हजार रुपैयाँ प्राप्त गरे ।

बसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ र महिलामा कोशीकी सन्जिता लेप्चा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ३ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको अन्तिम दिन ६ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा सबै स्वर्ण बागमती प्रदेशका खेलाडीले  जिते । पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण जिते । महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा नेपाल कराते महासंघको आयोजनामा भएको सातौं दक्षिण एसियाली करातेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । प्रतियोगितामा समावेश बाह्रै स्पर्धाका पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar