राष्ट्रिय वादोरियो करातेः वरदान र विविकालाई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

नेपाल वादोरियो कराते डो संघद्धारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे । सोही तौल समूहको महिला फाइनलमा विविकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् ।

महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा तथा ५० केजीमा बागमतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई पाखा लगाउदै स्वर्ण जिते । एकल काताको पुरुषमा कोशी प्रदेशका इन्द्र राजवंशी र महिलामा बागमतीकी अप्सना मगर पहिलो भए ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar