राष्ट्रिय वादोरियो कराते पुस २७ र २८ गते हुने

काठमाडौं । नेपाल बादोरियो कराते डो संघको आयोजनामा चौथो राष्ट्रिय वादोरियो खुल्ला कराते प्रतियोगिता पुसको २७ र २८ गते हुने भएको छ । बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिस्पर्धा  हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५ , ६०,  ६५ केजी तथा महिलातर्फ ४५ , ५०, ५५ ,६० केजी खुल्ला तौल समूह र एकल काता समावेश छन् ।  

प्रतियोगितामा सातै प्रदेशकाे सहभागीता रहनेछ। एक प्रदेशबाट एक तौल समूहमा समान ६ पुरुष / महिला गरी १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहनेछन् ।

प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक विधामा पदक जित्ने खेलाडी, पुरुष / महिला बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब १७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar