एरिका सम्मानित

काठमाडौं । हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औ वार्षीकोत्सवको अवसरमा १९ औ एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।

चीनको हाङझाउमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । यो नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो ।

एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।

सोही अवसरमा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई पनि सम्मान गरिएको थियो । करातेका राष्ट्रिय रेफ्री लामा रग्बी पूर्वराष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नाइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा भएको एसियाली छनोटमा सहभागिता जनाएका थिए । 

लामा फुटबलको एएफसी ‘सी’ लाइसेन्स प्रशिक्षक हुन् । साथै उनले गोलकिपिङ कोचको प्रशिक्षण पनि गरी सकेका छन् ।

लामा विगत ११ वर्षदेखि किन्डर गार्डेनमा आवद्ध छन् । किन्डर गार्डेनले प्रत्यके वर्ष एक जना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम चलेका खेलाडीलाई सम्मान गर्ने गरेको छ ।

काठमाडौ बनस्थलीस्थित ढुगेधारा स्थित किन्डर गार्डेनको प्रांगणमा भएको कार्यक्रममा  सभापती डा। चण्डिका प्रसाद भट्ट, संस्थापक निर्देशक हरि गौतम, संस्थापक निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सीपल कुमुद भट्टले गुरुङ र लामालाई नगदसहित सम्मान गरे ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar