कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता माघ तेस्रो साता हुने

काठमाडौं । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता माघ तेस्रो साता हुने भएको छ ।

नेपाल कराते संघको प्राविधिक सहयोग रहने प्रतियोगिता माघ १८, १९ र २० गते  सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ७५, -८४, ८४ केजीमाथी एकल र टिम काता तथा महिला तर्फ ४५, ५५ ६१, ६५, -६८, ६८ केजीमाथि, एकल र टिम काता गरी १७ तौल समूह समवेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ ।

प्रतियोगिता संचालनका लागि ५० राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक तथा २० प्राविधिकहरु रहनेछन् । प्रतियोगिता आयोजनका लागि अनुमानित बजेट २५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफी सहित जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेश्रो संस्करणका लागि पनि मंगलबारै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्नेछ । 

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar