दक्षिण एसियाली कराते महासंघको महासचिवमा लामा

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिवमा चयन भएका छन् ।

दक्षिण एसियाली महासंघका अध्यक्ष भारतीय भरत शर्माले महासंघको‌ कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् ।

काठमाडौंमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप (मंसिर १६ र १७ गते) को‌ अघि भएको महासंघको कंग्रेसले शर्मालाई अध्यक्ष निर्वाचित गरेको थियो। शर्माले बुधबार महासंघको‌ कार्यसमितिलाई पूर्णता दिएका हुन्।

कार्यसमितिको उपाध्यक्षमा भुटानका दावा लावम, सदस्यहरुमा पाकिस्तानका मोहम्मद जाहाकिर र बंगलादेशका मोहम्मद मजुम हुसेन रहेका छन् ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar