दक्षिण एसियाली कराते च्याम्पियनसिपः २९ स्वर्णसहित नेपाल च्याम्पियन

काठमाडौं  । नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ  । नेपालले थप २६ रजत र ६  कांस्य पदक पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदकका साथ दोश्रो भयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, सात रजत र १४ कांस्य पदक हात  पदक पार्यो ।

त्यस्तै चार स्वर्ण, एक रजत र १९ कांस्य जितेको पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कांस्य पदककाम साथ श्रीलंका (एनओसी टिम) पाँचौं तथा दुई  कांस्यपदक जितेको  भुटान छैटौं भए ।
विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा, कराते महासंघका महासचिव दावा गुरुङलगायतले  पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar