माघ २, २०८१ बुधबार | २०:५२:४०
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

दक्षिण एसियाली कराते च्याम्पियनसिपः पहिलो दिन नेपाललाई १२ स्वर्ण

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा नेपालसहित भारतले १५ श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान एक स्वर्ण हात पारे ।

नेपाल कराते महासंघद्धारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण पनि हो । प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाई पराजित गरिन् । उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउदै शीर्ष स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यु-२१ पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरी पहिलो र श्रीलंकाका एडवार्ड ब्रियोन दोश्रो भए । सो स्पर्धाको महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई स्तब्ध बनाउँदै स्वर्ण चुमिन

यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भारगवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउदै स्वर्ण जितिन् । महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन् । महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन् ।

क्याडेटको पुरुष ७० केजीमुनि भारतका अर्विन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए । पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई हराउँदै स्वर्ण जिते ।

महिला ४२ केजीमुनि श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई पन्छ्याउदै पहिलो भइन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । पोर्सियाले फाइनलमा भारतकी मोहन जनाइमाथि जित दर्ता  गरिन् । महिला ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन् ।

महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउदै स्वर्ण हात पारिन् । महिला ६१ केजीमाथि भारतकी खुशी कुमारी पहिलो भइन् ।

क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । 

पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरी विरुद्ध जित आत्मासात् गर्दै पहिलो भए । पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते ।

यु–२१ महिला ४० केजीमुनि भारतकी तृप्टि पाल पहिलो भइन् । तृप्टिले फाइनलमा नेपालकी निक्क्षा थापा मगरलाई हराइन् । महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् ।

महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन् । महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् ।

पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउदै पहिलो बने । 
७५ केजीमुनि भारतका वइभव वालियाले नेपालका निशान राणालाई पाखा लगाउदै पहिलो भए । ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छ्याउदै पहिलो भए ।

यु-२१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारे ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले  गरे । सो अवसरमा मन्त्री लिम्बुसहित पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, करातेका संस्थापक थानेश्वर राई, राखेपका पूर्वसदस्यसचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सातौं दक्षिण एसियाली च्याम्पियनसिपको स्मारिका विमोचन गरेका थिए ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तानबाट १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO