फाल्गुन ३, २०८२ आइतबार | १३:५७:४२
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपको आफ्नो तेस्रो खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इण्डिजविरुद्ध सम्मानजनक योगफल तयार गरेको छ । दीपेन्द्रको अर्धशतकको सहयोगमा नेपालले १ सय ३३ रनको योगफल तयार गरेको हो ।  

भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट स्टेडियममा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेसँगै ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंहले ४७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय इनिङ खेले । तेस्रो विश्वकप सहभागीताको इतिहासमा नेपालको यो दोस्रो अर्धशतक हो ।

दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५४ रनको साझेदारी गरे । यो नेपालको सर्वाधिक ठूलो साझेदारी रह्यो । सोमपाल १५ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाउँदै नट आउट रहे । गुलसन १४ बलमा ११ रन बनाउँदै आउट भए । लोकेश बम १५ बलमा १३ तथा आसिफ शेख १० बलमा ११ रनमा आउट भए । वेस्ट इण्डिजका लागि जेसन हाल्डरले ४ तथा म्याथ्यु फोर्ड, अकिल हुसेन, रोस्टन चेस र शेमार जोसेफले समान १ विकेट लिए ।

नेपाल दुईपटकको विश्वकप च्याम्पियनका विरुद्ध महत्वपूर्ण जितको लक्ष्यमा रहेको छ । वेस्ट इण्डिज यस खेलमा नेपाललाई हराउँदै सुपर आठमा स्थान पक्का गर्न चाहन्छ । वेस्ट इण्डिज यसअघिका दुवै खेलमा विजयी भएको थियो ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।