चैत्र १८, २०८२ बुधबार | ११:३५:४३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू
शनिबारको दिन शनिबारको दिन

प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ?

काठमाडौं । आर्सनल जत्तिको उपाधिको दबाब सायद कसैलाई हुन्न । उसोत, उपाधिको दबाब कसलाई मात्र हुन्न र ?

इङ्लिस प्रिमियर लिगमा आर्सनलले भर्खरै ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेलेको छ । जितको संघारमा रहेर पनि मिकेल आर्टेटाको लन्डने टिमले एकै अंकमा चित्त बुझायो, त्यो पनि लन्डनकै प्रतिद्वन्द्वीसँग ।

यो नतिजापछि शीर्ष स्थानमा आर्सनलको अग्रता ४ अंकमात्र रह्यो । यो सिजन आर्सनल बिरलै मात्र हारेको छ, मात्र तीनपल्ट ।

तर आर्सनल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीचको दूरी सबैभन्दा ठूलो समस्या बनेको छ, यो उत्तरी लन्डनको क्लबका लागि ।

पेप ग्वार्डिओलाको सिटीको सबैभन्दा ठूलो विशेषता भन्नु नै सिजनको अन्त्यतिर बढीभन्दा बढी अंक बटुल्ने र उपाधिको होडमा रहेका अन्य टिमलाई मज्जाले दबाबमा राख्ने नै हो ।

आर्सनलले ब्रेन्टफोर्डविरुद्धको खेल जितेको भए अग्रता ६ अंकको हुन्थ्यो, टिमले अलिकति भए पनि बढी राहत महसुस गर्न सक्थ्यो ।

आर्सनलको अबको खेल उल्भसविरुद्ध मध्यसातामा रहेको हुनाले पनि ब्रेन्टफोर्डलाई हराएको भए कुरै बेग्लै हुन्थ्यो भन्ने हो । सबैलाई के राम्रोसँग थाहा छ भने पछिल्ला तीन सिजन आर्सनल लगातार दोस्रो स्थानमा रहेको थियो ।

त्यसमध्ये दुईपल्ट सिटीले उपाधि जितेको थियो भने एकपल्ट लिभरपुलले । यी तीनै अवसरमा आर्सनलले यसपल्ट त उपाधि जित्ने छ भन्ने स्थिति थियो, तर सिजन जति जति अन्त्यतिर अग्रसर रह्यो, आर्सनल कमजोर हुन थाल्यो ।

यसपालि पनि यस्तै हुने त होइन ? यो सिजन लिगमा अब १२ चरणका खेल मात्र बाँकी छन् । इतिहास पल्टाउने हो भने सिजनको अन्त्यतिर आर्सनलको प्रदर्शन प्रायः कमजोर हुने गर्छ ।

आर्सनलले यसपालि लिग उपाधि जित्ने हो भने सूत्र सामान्य छ, अबका १२ मध्ये कम्तीमा १० खेल सिधा जित्ने अनि कुनै प्रकारको दबाब महसुस नगरेर उपाधि हत्याउने । तर समस्या यहींनिर छ, आर्सनल यही बेला लड्खडाउने गर्छ ।

यो तथ्य सबैभन्दा बढी कसैले बुझेका छन्, जानेका छन् भने त्यो आर्टेटाले नै हो । त्यसैले यी प्रशिक्षकले अब भन्न थालेका छन्, हामीले गर्ने भनेकै अबको खेल जति बढी भयो, त्यो जित्ने हो ।

अर्कोतर्फ सिटीले आफ्नो पछिल्लो खेलमा लिभरपुललाई उसकै घरमा हराएको छ, त्यसले यो टिमको हौसला पक्कै बढाएको हुनुपर्छ । त्यसो त आर्टेटा के पनि भन्छन् भने सिटीले जतिसुकै दबाब कायम राखे पनि आफ्नो टिमले राम्रो खेल्यो भने अरू कुरामा खासै ध्यान दिइरहनुपर्दैन ।यसबीच एउटा तथ्य भने निश्चित छ, आम दर्शकको दृष्टिकोणले यो सिजन पनि रोमाञ्चले भरिएको हुने भएको छ । स्पेन, जर्मनी र फ्रान्समा जस्तो एउटै टिमले लगातार जित्ने र सजिलै लिग उपाधि कब्जा गर्ने काम कम्तीमा इङ्ल्यान्डमा हुने गर्दैन ।

यही त मज्जा हो, प्रिमियर लिगको । अनि यसपल्ट उपाधि मात्र होइन, प्रिमियर लिगमा शीर्ष चारमा रहने होड त कम्तीमा हुने छैन । त्यतिमात्र होइन, युरोपा र कन्फ्रेन्स लिगमा छनोटको होड पनि उत्तिकै सनसनीपूर्ण हुनेछ ।