माघ १६, २०८२ शुक्रबार | ०४:०८:५१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

राहुल विश्वकर्मालाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बुधबार एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता  लिएका छन् ।

समग्रमा १६–अन्डर २ सयको स्कोरमा राहुलले साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । राहुलले आज ६-अन्डर ६६ स्कोर गरे ।

दोस्रो दिनका संयुक्त लिडर सुबासले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोरकार्ड तयार पारेका छन् ।

आज ५-अन्डर ६७ को नतिजा निकालेका एमेच्योर सद्भाव आचार्य समग्रमा १३-अन्डर २०३ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

समग्रमा ११-अन्डर २०५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा तेस्रो दिनको खेल सकाए ।

भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २०८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । 

समग्रमा ७-अन्डर २०९ सहित सातौं स्थानमा रहने क्रममा दिनेश प्रजापतीले आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २१३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रवि खड्का आठौं स्थानमा छन् । आज शुक्रले ३-अन्डर  ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए ।

लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल पाँच बर्डी प्रहार गरे। यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५ र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

सुबासले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २(अन्डर ३४ खेले । यस क्रममा उनले  तेस्रो, चौथो, नवौं, १२ र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे।

सद्भावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।