श्रावण २, २०८२ शुक्रबार | ०४:४२:३१
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

एपिएफ र संकटाको जित

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ फुटबल क्लब र संकटा क्लबले जित हासिल गरेका छन् ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्दा संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले निराश पार्यो ।

एपिएफले आर्मीविरुद्ध पुनरागमन जित हासिल गरेको हो । खेलको छैटौं मिनेटमा साहेब वाइबाको गोलमा एपिएफले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सुशान्त जिएमले एपिएफका लागि एक गोल फर्काए । दोस्रो हाफमा आदर्श मेची र प्रशिश खनालको गोलमा एपिएफले विजयी हासिल गर्यो ।

जितसँगै एपिएफ ६ अंक जोड्दै अंकतालिकाको नवौं स्थानमा उक्लियो । चौथो हार बेहोरेको आर्मी पुछारबाट तेस्रो स्थानमा छ ।

दिनको दोस्रो खेलमा संकटाका लागि प्रज्वल कुमार लुम्रेको ह्याट्रिक गरे । त्यस्तै एक गोल कुल्देव टिल्टुङको नाममा रह्यो । प्लानिङका लागि रुवीन लुङ्गेली मगरले एक गोल फर्काए ।

जितसँगै संकटा १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । तीन अंकका साथ प्लानिङ पुछारबाट दोस्रो स्थानमा छ ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach