श्रावण २, २०८२ शुक्रबार | ०४:२४:०६
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

सावित्राको उडान अस्ट्रेलियन लिगतिर

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी अर्थात साम्बाले व्यावसायिक फुटबल करिअरमा सफलताको अर्को कथा लेखेकी छन् ।

न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबले २०२५/२६ सिजनका लागि सावित्रालाई अनुबन्ध गरेको जनाएको छ । न्युजिल्यान्डको टोली भए पनि वेलिंगटनले अस्ट्रेलियाको शीर्ष डिभिजन ‘ए’ लिग खेल्ने गर्छ ।

बिहीबार वेलिंगटनले सामाजिक सञ्जाल फेसबुकमार्फत सावित्रालाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको छ । जसबाट अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समर्थकमा खुसियाली छाएको छ ।

अस्ट्रेलियामा पाँच लाखको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

डेढ वर्षअघि सावित्रा फ्रान्सेली शीर्ष डिभिजन लिगको शीर्ष डिभिजनको क्लब एन भान गेङगाङ्पमा अनुबन्ध भएकी थिइन् । फ्रान्समा सावित्राले दुई सिजन बिताइन् । त्यसअघि सावित्राले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् । नेपालमा  विभागीय टोली एपिएफ एफसीबाट खेल्दै आएकी सावित्रासँग माल्दिभ्स र भारतीय लिग खेलेको अनुभव पनि छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले ५७ खेल खेल्दा ६६ गोल गरेकी छन् । दक्षिण एसियाली महिला फुटबलमा सावित्रा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

नेपालले भर्खरै मात्र सावित्राको कप्तानीमा एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेको थियो । उज्वेकिस्तानको राजधानी तास्केन्दमा सम्पन्न प्रतियोगितामा समूह ‘एफ’को उपविजेतामा सीमित भएपछि नेपाल अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करण खेल्नबाट बञ्चित भएको थियो । 
 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach