काठमाडौं । डेनमार्कलाई दोस्रो लेगमा ५–२ ले हराउँदै पोर्चुगल युरोपियन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा घरेलु मैदानमा डेनमार्क १–० ले विजयी भएको थियो । लिस्वनमा भएको दोस्रो लेगमा पोर्चुगल ५–२ ले विजयी हुँदै कमब्याक गर्न सफल भयो ।
समग्रमा टिम ५–३ ले विजयी हुँदै सेमिफाइनलमा जर्मनीसँगको भेट पक्का गरेको छ । अर्काे सेमिफाइनलमा फ्रान्स र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।
पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिन्काओले दुई तथा कप्तान क्रिष्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक गोल गरेका थिए । कप्तान रोनाल्डो भने खेलको छैटौं मिनेटमै पेनाल्टीमा गोल गर्न पनि चुकेका हुन् ।
आइतबार राति नै भएको खेलको पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
