काठमाडौं । अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट शृंखलामा नमिठो हार भोगे पनि बेन स्टोक्सले इङ्ल्यान्डको कप्तानी जिम्मेवारीमा कायम रहने इच्छा व्यक्त गरेका छन् ।
एडेलेइडमा सम्पन्न तेस्रो टेस्टमा पनि पाँचौं दिन पराजय भोगेपछि इङल्यान्ड शृंखलामा ३–० ले पछि परेको थियो । यो हारसँगै इङल्यान्डले एसेज शृंखलामा अवे जित हासिल गर्न नसकेको १४ वर्ष पूरा भएको छ ।
चार वर्षअघि अस्ट्रेलियामै इङ्ल्यान्डले ४–० को शृंखला हार भोगेपछि स्टोक्सले कप्तानको जिम्मेवारी पाएका थिए । तर अहिले फेरि आफ्नो कप्तानीमा पनि त्यस्तै हार भोगेपछि ‘कप्तानको जिम्मेवारीबाट टाढा हुने हो ?’ भनेर सोधिएको प्रश्नमा उनको उत्तर थियो, ‘होइन । म निरन्तर टिमको नेतृत्व गर्न चाहन्छु ।’
यो शृंखलाअघि ३४ वर्षे स्टोक्सले इङ्ल्यान्डसँगको सेन्ट्रल कन्ट्रयाक्ट २०२७ मा बेलायतमा हुने एसेजको अर्को संस्करणसम्मका लागि नवीकरण गरेका थिए ।
