पुस ४, २०८२ शनिबार | ०७:५३:०१
गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना
शनिबारको दिन खेलाडी डटकम

यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो

काठमाडौं । लुम्बिनी लायन्सले अविश्वसनीय प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्यो । निक्कै तामझामका साथ सम्पन्न एनपिएल पूरा एक महिना नेपालमा चियापसलदेखि पाँचतारे होटल, सार्वजनिक यातायातदेखि ठूला सभा सेमिनार तथा सबैतिर चर्चाको विषय बन्यो ।

एनपिएलको भव्यताले देशमा अरु सबै खेललाई छायाँमा पारेको भनक दियो । त्रिवि मैदानमा एक महिनासम्म महोत्सवका रुपमा एनपिएल चलिरहँदा राजनीतिक नेता देखि कलाकार, व्यावसायिक प्रतिष्ठानका ठूला नामदेखि विद्यार्थी र सर्वसाधारणसम्मको भिड सधै कीर्तिपुरतिर लागिनैरह्यो ।

यो क्रम एक्कासी आएको हैन । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग हुँदै पोखरा प्रिमियर लिगबाटै फ्रेन्चाइज टिमहरुले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने चलन सुरु गरिसकेका थिए ।

यही एनपिएल र क्रिकेटकै कारण कम्तिमा क्रिकेट खेलाडीले देशमै भविष्य देख्न थालेका छन् । राष्ट्रिय खेलाडीले मनग्य रुपमा पैसा कमाउन थालेका छन् । सामान्य राष्ट्रिय स्तरमा चलेका क्रिकेट खेलाडीले  वर्षमा २ देखि देखि ५ लाख सजिलै आर्जन गर्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले भने १० लाख देखि एक करोडसम्म पनि हात पारिरहेका छन् ।

साताअघि मात्रै सम्पन्न लिगमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ६० लाख बराबरको कार उपहार पाए । करिब ४ लाख बराबरको पल्सर बाइक । मार्की खेलाडी भए बापत उनले सम्झौताअनुसार क्लबबाटै २० लाख रुपैयाँ पाएका थिए ।

च्याम्पियन भनेका  कप्तान रोहितकुमार पौडेल सर्वाेत्कृष्ट खेलाडी भएपछि पुरस्कार पाएको गाडी प्रायोजकबाट लिँदै 

यसपटक मार्की खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि भएको थियो । यसैवर्ष मात्रै उनले नेपाल क्रिकेट संघ (क्यान) को क्याटगोरी ‘ए’ मा रहेर १२ लाख (माषिक १ लाख) कमाएका छन् । यसमा प्रायोजनबापत आएको आम्दानी जोडिएको छैन । पछिल्लो दशकमा क्रिकेट खेलाडीलाई व्यावसायिक प्रतिष्ठानहरुले पनि खुवै महत्व दिन थालेका छन् ।

अघिल्लो वर्ष सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले यस्तै आम्दानी गरेका थिए । उनले पनि गतवर्ष ओमोडाको कार पुरस्कार जितेका थिए । पछिल्लो समय क्यानले नेपाली खेलाडीको वृत्तिविकासको लागि एनपिएलमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई कार उपहार दिँदै आएको छ ।

विवादास्पद बनेको नेपाल ट्वान्टी २० लिगबाट भने यो मात्रा अझै बढ्यो । विवाद नै भए पनि एक सिजनमात्रै भएको लिगबाट नेपाली खेलाडीले २ देखि १५ लाखसम्म पाएका थिए ।

यो क्रम एक्कासी आएको हैन । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग हुँदै पोखरा प्रिमियर लिगबाटै फ्रेन्चाइज टिमहरुले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने चलन सुरु गरिसकेका थिए ।

विवादास्पद बनेको नेपाल ट्वान्टी २० लिगबाट भने यो मात्रा अझै बढ्यो । विवाद नै भए पनि एक सिजनमात्रै भएको लिगबाट नेपाली खेलाडीले २ देखि १५ लाखसम्म पाएका थिए । एनपिएलपछि भने खेलाडीको मुल्य २ देखि २० लाखसम्म पुगेको छ । यदि कुनै खेलाडीले सानदार प्रदर्शन गर्छ भने बोनस र व्यक्तिगत प्रायोजन थपिँदा कमाई अझै माथि जाने गरेको छ ।

कार जितेपछि दीपेन्द्रसिंह ऐरी 

एनपिएलको सफलताले निराशाको बाउन्ड्रीभित्र घेरिएको नेपाली खेलकुदमा एउटा नयाँ भाश्य स्थापित गरिदियो, ‘क्रिकेटले माहोल मात्रै हैन, खेलाडीलाई शानदार जीवन यापनका लागि दोस्रो विकल्प खोज्नै नपर्ने भएको छ ।’

अनि सँगै अर्को भाश्य पनि जबरजस्त रुपमा स्थापित भएको छ, ‘सही मानिस सही ठाउँमा पुग्यो भने जे पनि सम्भव छ । नेपालको क्रिकेट प्रशासनमा पनि पूर्व कप्तान पारस खड्का सचिवका रुपमा आएपछि नेपाली क्रिकेट अपत्यारिलो सफलता हासिल गर्न सफल भयो । पारसको व्यक्तित्वले सबथोक सम्भव भयो ।’

नेतृत्वको असक्षमता र उदासिनता तथा इच्छा भावना कमजोर हुँदा त्यसको प्रत्यक्ष घाटा फुटबल खेलाडीलाई भएको छ । त्यसैले पनि हो, पछिल्लो आधा दशकमा मात्रै एक सय भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन् ।

यता, क्रिकेट खेलाडीको लागि यो दशक स्वर्णिम बनिरहँदा नेपालको सबैभन्दा चर्चित र रुचाइएको खेल फुटबलको अवस्था भने भयानक दर्दनाक छ । अहिले क्रिकेटका खेलाडीले जुन सुविधा र सेवा पाइरहेका छन्, त्यो फुटबलमा तीन दशकअघि देखि नै थियो । तर, त्यो क्रम अहिले पूर्ण रुपमा सुकेको छ ।

नेतृत्वको असक्षमता र उदासिनता तथा इच्छा भावना कमजोर हुँदा त्यसको प्रत्यक्ष घाटा फुटबल खेलाडीलाई भएको छ । त्यसैले पनि हो, पछिल्लो आधा दशकमा मात्रै एक सय भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन् । अत्याधिक खेलाडी पलायनकै कारण राष्ट्रिय टिमको प्रदर्शन दिनानुदिन खस्किएको छ । पुष २५ बाट सुरु हुने भनिएको राष्ट्रिय लिगमै खेलाडी जुटाउन क्लबहरुलाई समस्या देखिन्छ ।

फुटबल गतिविधि शुन्य भएपछि एन्फाविरुद्ध धर्ना दिँदै राष्ट्रिय खेलाडीहरुको समूह 

तीन दशकअघिको नेपाली फुटबल स्मरण गरौं, एन्फाको अध्यक्षमा गणेश थापा थिए । व्यक्तित्व, क्षमता र कार्यशैली सबै हिसाबमा ठ्याक्कै अहिले क्रिकेटका पारसजस्तै ।

थापा नेपाली खेलकुदमा सबभन्दा बढि प्रशंसा र आलोचना बेहोर्ने प्रशासक हुन् । तर उनले केही यस्ता राम्रा कामको सुरुवात पनि गरे, जसलाई अहिले पारस नेतृत्वको क्रिकेटले पछ्याइरहेको छ र वाहवाही पाइरहेको छ ।

आजको मितिमा आइपुग्दा आम फुटबलप्रेमीले राष्ट्रिय फुटबल खेलाडीको नाम पनि नचिन्ने अवस्था यथार्थ बनेको छ । दशरथ रंगशालामा के खेल हुँदैछ, दर्शकलाई थाहा हुँदैन । 

क्रिकेटमा अहिले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनेजस्ता सेवा सुविधा र पुरस्कार फुटबलमा दुई दशकअघि नै थापा नेतृत्वको एन्फाले व्यवस्था गरिसकेको थियो ।

तत्कालिन समय उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार स्वरुप महंगा कार दिने व्यवस्था थियो । पूर्व कप्तान उपेन्द्रमान सिंह, हरि खड्का, अनिल गुरुङ र सन्दीप राईलगायतका खेलाडीले दुई दशकअघि नै पुरस्कारस्वरुप कार प्राप्त गरेका थिए । राकेश श्रेष्ठ, सागर थापा, रितेश थापालगायतका खेलाडीले अपार्टमेन्ट पाएका थिए ।

लिगमा उत्कृष्ट खेलाडीलाई उपहार दिन दशरथ रंगशालामा राखिएको कार र मोटरसाइकल । फोटोः गणेश थापाको फेसबुकबाट

अहिले क्रिकेटमा जस्तै उतिबेला फुटबल खेलाडीको सामाजिक हैसियत सेलिब्रेटीजस्तो थियो । उनीहरुलाई भेट्न र फोटो खिच्न सर्वसाधारणको लामै लाइन लाग्थ्यो । भेट्नै समय लिनुपर्थ्यो ।  फुटबल खेलाडीलाई आबद्ध गर्न व्यावसायिक प्रतिष्ठानको लाइन हुन्थ्यो । उतिबेलै फुटबलमा करोडौंका प्रायोजकको आगमन सामान्य सुनिन्थ्यो । अहिले क्रिकेटमा जस्तै भाश्य दुई दशकअघि नै फुटबलमै स्थापित भइसकेको थियो, ‘अब फुटबलको स्तर माथि उचालियो । खेलाडीले सानदार जीवनयापनका लागि खेल्नुबाहेक अरु सोच्नुपर्दैन ।’

क्रिकेट प्रत्येक दिन नयाँ योजना र काममा अगाडि बढिरहँदा तेस्रो पटक विश्वकप खेल्ने तयारीमा पुगिसक्दा कुनै बेला देशकै नम्बर एक खेल फुटबलको ओरालीयात्रा निरन्तर छ ।

तर, भ्रष्टाचारको आरोपमा फिफाले कार्वाही गरेपछि २०७२ सालमा थापाको दुई दशकको शासन ढल्यो । त्यसपछि कर्माछिरिङ शेर्पा हुँदै अहिले पंकजविक्रम नेम्वाङको चार वर्षे कार्यकाल सम्पन्न हुँदैछ ।

आजको मितिमा आइपुग्दा आम फुटबलप्रेमीले राष्ट्रिय फुटबल खेलाडीको नाम पनि नचिन्ने अवस्था यथार्थ बनेको छ । दशरथ रंगशालामा के खेल हुँदैछ, दर्शकलाई थाहा हुँदैन । नेपाली फुटबल पछ्याउने घट्दै गएका छन् । कुनै बेला लिगको खेल हुँदा पनि दर्शकको क्रेज थेग्न नसक्ने दशरथ रंगशालाका प्यारापिटका सिट अचेल अन्तर्राष्ट्यि खेलमा पनि बस्ने मान्छे नहुँदा धुलोको बाक्लो पत्रसँग मितेरी गासिरहेका हुन्छन् ।

यो सब हुँदा पनि एन्फा पदाधिकारीलाई कुनै चासो छैन । इटालियन सासक निरोजस्तै छ, पदाधिकारीको हालत । ‘पूरा देश फुटबलमय रहेको, देशमा फुटबलबाहेक अरु केही पनि नभएको’ भ्रमको खेतिमै नेतृत्व मस्त छ ।

क्रिकेट प्रत्येक दिन नयाँ योजना र काममा अगाडि बढिरहँदा तेस्रो पटक विश्वकप खेल्ने तयारीमा पुगिसक्दा कुनै बेला देशकै नम्बर एक खेल फुटबलको ओरालीयात्रा निरन्तर छ ।