माघ २५, २०८२ आइतबार | ०७:०५:२२
विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी विश्वकपमा नेपालको खेल काठमाडौंका खुला चौरमा देखाइने केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता बंगलादेशलाई हराउँदै भारत तेस्रो पटक च्याम्पियन पाकिस्तानको विजयी सुरुआत विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी
शनिबारको दिन खेलाडी डटकम

यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो

काठमाडौं । लुम्बिनी लायन्सले अविश्वसनीय प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्यो । निक्कै तामझामका साथ सम्पन्न एनपिएल पूरा एक महिना नेपालमा चियापसलदेखि पाँचतारे होटल, सार्वजनिक यातायातदेखि ठूला सभा सेमिनार तथा सबैतिर चर्चाको विषय बन्यो ।

एनपिएलको भव्यताले देशमा अरु सबै खेललाई छायाँमा पारेको भनक दियो । त्रिवि मैदानमा एक महिनासम्म महोत्सवका रुपमा एनपिएल चलिरहँदा राजनीतिक नेता देखि कलाकार, व्यावसायिक प्रतिष्ठानका ठूला नामदेखि विद्यार्थी र सर्वसाधारणसम्मको भिड सधै कीर्तिपुरतिर लागिनैरह्यो ।

यो क्रम एक्कासी आएको हैन । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग हुँदै पोखरा प्रिमियर लिगबाटै फ्रेन्चाइज टिमहरुले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने चलन सुरु गरिसकेका थिए ।

यही एनपिएल र क्रिकेटकै कारण कम्तिमा क्रिकेट खेलाडीले देशमै भविष्य देख्न थालेका छन् । राष्ट्रिय खेलाडीले मनग्य रुपमा पैसा कमाउन थालेका छन् । सामान्य राष्ट्रिय स्तरमा चलेका क्रिकेट खेलाडीले  वर्षमा २ देखि देखि ५ लाख सजिलै आर्जन गर्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले भने १० लाख देखि एक करोडसम्म पनि हात पारिरहेका छन् ।

साताअघि मात्रै सम्पन्न लिगमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ६० लाख बराबरको कार उपहार पाए । करिब ४ लाख बराबरको पल्सर बाइक । मार्की खेलाडी भए बापत उनले सम्झौताअनुसार क्लबबाटै २० लाख रुपैयाँ पाएका थिए ।

च्याम्पियन भनेका  कप्तान रोहितकुमार पौडेल सर्वाेत्कृष्ट खेलाडी भएपछि पुरस्कार पाएको गाडी प्रायोजकबाट लिँदै 

यसपटक मार्की खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि भएको थियो । यसैवर्ष मात्रै उनले नेपाल क्रिकेट संघ (क्यान) को क्याटगोरी ‘ए’ मा रहेर १२ लाख (माषिक १ लाख) कमाएका छन् । यसमा प्रायोजनबापत आएको आम्दानी जोडिएको छैन । पछिल्लो दशकमा क्रिकेट खेलाडीलाई व्यावसायिक प्रतिष्ठानहरुले पनि खुवै महत्व दिन थालेका छन् ।

अघिल्लो वर्ष सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले यस्तै आम्दानी गरेका थिए । उनले पनि गतवर्ष ओमोडाको कार पुरस्कार जितेका थिए । पछिल्लो समय क्यानले नेपाली खेलाडीको वृत्तिविकासको लागि एनपिएलमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई कार उपहार दिँदै आएको छ ।

विवादास्पद बनेको नेपाल ट्वान्टी २० लिगबाट भने यो मात्रा अझै बढ्यो । विवाद नै भए पनि एक सिजनमात्रै भएको लिगबाट नेपाली खेलाडीले २ देखि १५ लाखसम्म पाएका थिए ।

यो क्रम एक्कासी आएको हैन । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग हुँदै पोखरा प्रिमियर लिगबाटै फ्रेन्चाइज टिमहरुले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने चलन सुरु गरिसकेका थिए ।

विवादास्पद बनेको नेपाल ट्वान्टी २० लिगबाट भने यो मात्रा अझै बढ्यो । विवाद नै भए पनि एक सिजनमात्रै भएको लिगबाट नेपाली खेलाडीले २ देखि १५ लाखसम्म पाएका थिए । एनपिएलपछि भने खेलाडीको मुल्य २ देखि २० लाखसम्म पुगेको छ । यदि कुनै खेलाडीले सानदार प्रदर्शन गर्छ भने बोनस र व्यक्तिगत प्रायोजन थपिँदा कमाई अझै माथि जाने गरेको छ ।

कार जितेपछि दीपेन्द्रसिंह ऐरी 

एनपिएलको सफलताले निराशाको बाउन्ड्रीभित्र घेरिएको नेपाली खेलकुदमा एउटा नयाँ भाश्य स्थापित गरिदियो, ‘क्रिकेटले माहोल मात्रै हैन, खेलाडीलाई शानदार जीवन यापनका लागि दोस्रो विकल्प खोज्नै नपर्ने भएको छ ।’

अनि सँगै अर्को भाश्य पनि जबरजस्त रुपमा स्थापित भएको छ, ‘सही मानिस सही ठाउँमा पुग्यो भने जे पनि सम्भव छ । नेपालको क्रिकेट प्रशासनमा पनि पूर्व कप्तान पारस खड्का सचिवका रुपमा आएपछि नेपाली क्रिकेट अपत्यारिलो सफलता हासिल गर्न सफल भयो । पारसको व्यक्तित्वले सबथोक सम्भव भयो ।’

नेतृत्वको असक्षमता र उदासिनता तथा इच्छा भावना कमजोर हुँदा त्यसको प्रत्यक्ष घाटा फुटबल खेलाडीलाई भएको छ । त्यसैले पनि हो, पछिल्लो आधा दशकमा मात्रै एक सय भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन् ।

यता, क्रिकेट खेलाडीको लागि यो दशक स्वर्णिम बनिरहँदा नेपालको सबैभन्दा चर्चित र रुचाइएको खेल फुटबलको अवस्था भने भयानक दर्दनाक छ । अहिले क्रिकेटका खेलाडीले जुन सुविधा र सेवा पाइरहेका छन्, त्यो फुटबलमा तीन दशकअघि देखि नै थियो । तर, त्यो क्रम अहिले पूर्ण रुपमा सुकेको छ ।

नेतृत्वको असक्षमता र उदासिनता तथा इच्छा भावना कमजोर हुँदा त्यसको प्रत्यक्ष घाटा फुटबल खेलाडीलाई भएको छ । त्यसैले पनि हो, पछिल्लो आधा दशकमा मात्रै एक सय भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन् । अत्याधिक खेलाडी पलायनकै कारण राष्ट्रिय टिमको प्रदर्शन दिनानुदिन खस्किएको छ । पुष २५ बाट सुरु हुने भनिएको राष्ट्रिय लिगमै खेलाडी जुटाउन क्लबहरुलाई समस्या देखिन्छ ।

फुटबल गतिविधि शुन्य भएपछि एन्फाविरुद्ध धर्ना दिँदै राष्ट्रिय खेलाडीहरुको समूह 

तीन दशकअघिको नेपाली फुटबल स्मरण गरौं, एन्फाको अध्यक्षमा गणेश थापा थिए । व्यक्तित्व, क्षमता र कार्यशैली सबै हिसाबमा ठ्याक्कै अहिले क्रिकेटका पारसजस्तै ।

थापा नेपाली खेलकुदमा सबभन्दा बढि प्रशंसा र आलोचना बेहोर्ने प्रशासक हुन् । तर उनले केही यस्ता राम्रा कामको सुरुवात पनि गरे, जसलाई अहिले पारस नेतृत्वको क्रिकेटले पछ्याइरहेको छ र वाहवाही पाइरहेको छ ।

आजको मितिमा आइपुग्दा आम फुटबलप्रेमीले राष्ट्रिय फुटबल खेलाडीको नाम पनि नचिन्ने अवस्था यथार्थ बनेको छ । दशरथ रंगशालामा के खेल हुँदैछ, दर्शकलाई थाहा हुँदैन । 

क्रिकेटमा अहिले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउनेजस्ता सेवा सुविधा र पुरस्कार फुटबलमा दुई दशकअघि नै थापा नेतृत्वको एन्फाले व्यवस्था गरिसकेको थियो ।

तत्कालिन समय उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार स्वरुप महंगा कार दिने व्यवस्था थियो । पूर्व कप्तान उपेन्द्रमान सिंह, हरि खड्का, अनिल गुरुङ र सन्दीप राईलगायतका खेलाडीले दुई दशकअघि नै पुरस्कारस्वरुप कार प्राप्त गरेका थिए । राकेश श्रेष्ठ, सागर थापा, रितेश थापालगायतका खेलाडीले अपार्टमेन्ट पाएका थिए ।

लिगमा उत्कृष्ट खेलाडीलाई उपहार दिन दशरथ रंगशालामा राखिएको कार र मोटरसाइकल । फोटोः गणेश थापाको फेसबुकबाट

अहिले क्रिकेटमा जस्तै उतिबेला फुटबल खेलाडीको सामाजिक हैसियत सेलिब्रेटीजस्तो थियो । उनीहरुलाई भेट्न र फोटो खिच्न सर्वसाधारणको लामै लाइन लाग्थ्यो । भेट्नै समय लिनुपर्थ्यो ।  फुटबल खेलाडीलाई आबद्ध गर्न व्यावसायिक प्रतिष्ठानको लाइन हुन्थ्यो । उतिबेलै फुटबलमा करोडौंका प्रायोजकको आगमन सामान्य सुनिन्थ्यो । अहिले क्रिकेटमा जस्तै भाश्य दुई दशकअघि नै फुटबलमै स्थापित भइसकेको थियो, ‘अब फुटबलको स्तर माथि उचालियो । खेलाडीले सानदार जीवनयापनका लागि खेल्नुबाहेक अरु सोच्नुपर्दैन ।’

क्रिकेट प्रत्येक दिन नयाँ योजना र काममा अगाडि बढिरहँदा तेस्रो पटक विश्वकप खेल्ने तयारीमा पुगिसक्दा कुनै बेला देशकै नम्बर एक खेल फुटबलको ओरालीयात्रा निरन्तर छ ।

तर, भ्रष्टाचारको आरोपमा फिफाले कार्वाही गरेपछि २०७२ सालमा थापाको दुई दशकको शासन ढल्यो । त्यसपछि कर्माछिरिङ शेर्पा हुँदै अहिले पंकजविक्रम नेम्वाङको चार वर्षे कार्यकाल सम्पन्न हुँदैछ ।

आजको मितिमा आइपुग्दा आम फुटबलप्रेमीले राष्ट्रिय फुटबल खेलाडीको नाम पनि नचिन्ने अवस्था यथार्थ बनेको छ । दशरथ रंगशालामा के खेल हुँदैछ, दर्शकलाई थाहा हुँदैन । नेपाली फुटबल पछ्याउने घट्दै गएका छन् । कुनै बेला लिगको खेल हुँदा पनि दर्शकको क्रेज थेग्न नसक्ने दशरथ रंगशालाका प्यारापिटका सिट अचेल अन्तर्राष्ट्यि खेलमा पनि बस्ने मान्छे नहुँदा धुलोको बाक्लो पत्रसँग मितेरी गासिरहेका हुन्छन् ।

यो सब हुँदा पनि एन्फा पदाधिकारीलाई कुनै चासो छैन । इटालियन सासक निरोजस्तै छ, पदाधिकारीको हालत । ‘पूरा देश फुटबलमय रहेको, देशमा फुटबलबाहेक अरु केही पनि नभएको’ भ्रमको खेतिमै नेतृत्व मस्त छ ।

क्रिकेट प्रत्येक दिन नयाँ योजना र काममा अगाडि बढिरहँदा तेस्रो पटक विश्वकप खेल्ने तयारीमा पुगिसक्दा कुनै बेला देशकै नम्बर एक खेल फुटबलको ओरालीयात्रा निरन्तर छ ।