भाद्र २९, २०८२ सोमबार | १०:३८:४५
पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह

एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित

काठमाडौं । भारतले एसिसी ट्वान्टी-२० एसिया कपमा आइतबार पाकिस्तानविरुद्ध सात विकेटको जित दर्ता गरेको छ ।  

लगातार दोस्रो जितसँगै समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको भारतले सुपर ४ को सम्भावना बलियो बनाएको छ । हार बेहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले  हराएका थिए ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका कप्तान सूर्यकुमार यादवले अविजित ४७,  अभिषेक शर्मा र तिलक बर्माले समान ३१ तथा तथा शिवम दुबेले अविजित १० रन बनाए ।

तेस्रो विकेटका लागि यादव र बर्माबीच ५६ रनको साझेदारी भएको थियो । पाकिस्तानका लागि तीनै विकेट साइम अयुबले लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सहिबजादा फरहानले ४०, शाहिन शाह अफ्रिदीले अविजित ३३ रन, फखर जमानले १७, फहिम असरफले ११ र सुफियान मुकिमले १० रन बनाए ।  

भारतका लागि कुलदीप यादवले तीन, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई तथा हार्दिक पाण्डेया र वरुण चक्रवर्तीले समान एक विकेट लिए । 


भिडियो
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video