भाद्र २७, २०८२ शनिबार | ११:१५:०७
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने
शनिबारको दिन शनिबारको दिन

एसिया कप क्रिकेट खेल्ने टोलीहरू

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) एसिया कपको १७औं संस्करण संयुक्त अरब इमिरेट्स (युएई) मा जारी छ । प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

एसिया कपमा पहिलो पटक आठ टोलीले सहभागिता जनाएका छन् । यसअघि ६ टोलीको सहभागिता रहँदै आएको थियो । गत संस्करण खेलको नेपाल अनुपस्थित रहँदा हङकङ र ओमान नयाँ टोलीका रूपमा छन् । ओमानले यसै संस्करणबाट एसिसी एसिया कपमा डेब्यू गरेकाे छ।

युएईले चौथो टोली एसिया कप आयोजना गर्न लागेको छ । यसअघि सन् १९८४, १९९५ र २०१८ को एसिया कप यहीं भएको थियो । प्रतियोगितामा भारतले सर्वाधिक आठ पदक उपाधि जितेको छ । श्रीलंका ६ र पाकिस्तान दुई पटक च्याम्पियन बनेका छन् ।

 यस पटक प्रतियोगिता ट्वान्टी-२० शैलीमा सञ्चालन भइरहेको छ ।

यसपटक समूह ‘ए’ मा भारत, पाकिस्तान, ओमान र युएई तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, हङकङ र अफगानिस्तान छन् । एकअर्कासँग प्रतिस्पर्धा गरेपछि हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

प्रतियोगिताका एकदिवसीय र ट्वान्टी-२० गरी दुई शैलीमा हुँदै आएको छ । यस पटक प्रतियोगिता ट्वान्टी-२० शैलीमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिता तेस्रो पटक ट्वान्टी-२० शैलीमा हुँदैछ । यसअघि सन् २०१६ र २०२२ मा एसिया कप ट्वान्टी-२० शैलीमा भएको थियो ।

एसिया कपमा सहभागी टोली

भारत

एसिया कपमा प्रतिस्पर्धा गर्दै भारत (निलो जर्सी) र युएई । 

भारत प्रतियोगिताको सदाबहार दाबेदार हो । टोलीले हालसम्म १६ पटक सहभागिता जनाउँदै सर्वाधिक आठ पटक उपाधि जितिसकेको छ । 

भारतले सन् १८८६ को संस्करणमा मात्र सहभागिता जनाएको थिएन । साबिक विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यमा छ । भारत १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा च्याम्पियन बनेको थियो ।

पाकिस्तानपाकिस्तानलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ । हालसम्म १६ संस्करणमा सहभागिता जनाएको पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ । पाकिस्तानले १९९० ९१ को संस्करणमा सहभागिता जनाएको थिएन । पाकिस्तान सन् २००० र २०१२ मा उपाधि जितेको थियो ।

युएईघरेलु टोली युएईले ९ वर्षपछि एसिया कपमा सहभागिता जनाउँदै छ । यसअघिका तीन सहभागितामा टोलीले समूह चरण भने पार गर्न सकेको छैन । युएईले सन् २००४, २००८ र २०१६ मा सहभागिता जनाएको थियो ।

ओमान ओमानले पहिलो पटक एसिया कपमा सहभागिता जनाइरहेको छ । ओमानले एसिसी प्रिमियर कपको उपविजेता रूपमा एसिया कपको यात्रा तय गरेको हो ।

श्रीलंकाश्रीलंका पनि उपाधि दाबेदार टोली हो । हालसम्म सबै संस्करणमा सहभागिता जनाउने एक्लो टोली श्रीलंका ६ पटक च्याम्पियन बनेको छ । श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो ।

बंगलादेश

एसिया कपमा प्रतिस्पर्धा गर्दै बंगलादेश (रातो र हरियो जर्सी) र हङकङ । 

बंगलादेशलाई अन्डरडग टोलीका रूपमा हेरिएको छ । हालसम्म १६ संस्करणमा सहभागिता जनाएको टोली तीन पटक उपविजेता बनेको छ । बंगलादेश सन् १९८४ को पहिलो संस्करणमा सहभागिता जनाएको थिएन । टोली सन् २०१२, २०१६ र २०१८ को फाइनलमा पराजित भएको थियो ।

अफगानिस्तानअफगानिस्तान प्रतियोेगिताको डार्कहर्स टोली हो । पाँचौं पटक एसिया कपमा सहभागिता जनाएको टोलीले दुई पटक सुपर फोरसम्म यात्रा तय गरेको छ । अफगानिस्तान सन् २०१८ र २०२२ मा आश्चर्यजनक प्रदर्शन गर्दै सुपर फोरसम्म पुगेको थियो ।

हङकङपाचौं पटक एसिया कपमा सहभागिता जनाइरहेको हङकङले हालसम्म समूह चरण पार गर्न सकेको छैन । सन् २००४, २००८, २०१८ र २०२२ मा हङकङको यात्रा समूह चरणमै सीमित बनेको थियो ।