काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) रोकिएकै अवस्थाबाट सुरु हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गरिने जनाकारी दियो ।
लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ७ खेलको नयाँ मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने बताइएको छ।
‘सहभागी सबै स्वदेशी र विदेशी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सुरक्षित रूपमा घर पठाइएको छ,’ सिइओ स्नेभी चापागाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘, सञ्चारकर्मी, टिम मालिक, प्रशिक्षक, प्रसारण टोली र व्यवस्थापनलाई संकटका बेला देखाएको सहयोगका लागि धन्यवाद हामी अझ बलियो रूपमा फर्किने छौं ।’
हाल अंकतालिकामा ललितपुर क्विन्स र कर्णाली यश्विस समान तीन खेलमा खेलमा ९ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।
जेन जी आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि पोखरामा जारी इडब्ल्युभिएलको दोस्रो संस्करण स्थगित भएको थियो ।
हालकाे अंक तालिका