भाद्र २८, २०८२ आइतबार | १४:४७:४७
हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित ह्यामबर्गको पोस्टमा बार्यनको पाँच गोल

एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिसी एसिया कप ट्वान्टी-२० प्रतियोगिताकाे छैटौं खेलमा आइतबार चिरपरिचत प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार साँझ ८ः१५ मा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेसनल रंगशालामा सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउन चाहन्छन् ।

पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले  हराएका थिए । समूह ‘ए’ मा समान दुई अंक भए पनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

भारत र पाकिस्तान राजनैतीक द्धन्द्धका कारण पछिल्लो एक दशकदेखि आइसिसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।

भारत सूर्यकुमार यादवको कप्तानीमा मैदान उत्रिनेछ । भारतलाई सुभमन गिल, कुलदीप यादव, सुवम दुबे, सन्जु स्यामसनजस्ता खेलाडीको साथ रहनेछ ।

यता सलमान आगाको कप्तानीमा रहेको पाकिस्तान मोहम्मद ह्यारिस, शाहिन शाह अफ्रिदी, मोहम्मद नवाज, साइम अयुबजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

एसिया कपमा भारत र पाकिस्तानबीच १९ खेल भएका छन् । जसमा भारतले १० र पाकिस्तानले ६ जित निकाल्दा तीनन खेल भने विना नतिजा टुंगिएको छ ।

सन् २०२३ को पछिल्लो संस्करणमा भारत एक खेलमा २२८ रनले विजयी हुँदा एक खेल नतिजाविहिन बनेको थियो । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS