भाद्र २८, २०८२ आइतबार | १५:३८:२८
यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह काभा महिला भलिबल लिग स्थगित एसिसी एसिया कपः भारत र पाकिस्तान भिड्दै चार्लोट एफसीसँग इन्टर मियामी पराजित प्रिमियर लिगको पहिलो म्यानचेस्टर डर्बी आज एसिसी एसिया कपमा श्रीलंकाको सुखद सुरुआत वेस्टह्यामविरुद्ध टोटनहमको सहज जित रियाल मड्रिको विजयी यात्रा जारी इन्टरविरुद्ध युभेन्टसको रोमाञ्चक जित

हाम्रो सुरुको लक्ष्य सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनलका लागि सोच्छौंः प्रशिक्षक सिंह

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक सञ्जित सिंह ।

काठमाडौं । सोमबारबाट कोलम्बोमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको प्रशिक्षक सञ्जित सिंहले बताएका छन् ।

आइतबार प्रतियोगिताको पूर्व-सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सिंहले आफ्नो टिम र खेलाडीका बारेमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीले प्रतियोगिताका लागि कम प्रशिक्षण समय पायौं । जति प्रशिक्षण समय पायौं, त्यसमा खेलाडीले राम्रो प्रदर्शन गरे,’  प्रशिक्षक सिंहले भने, ‘हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’

नेपाली टोलीले जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटबाट अन्तिम २३ सदस्यीय टोली तयार पारेको थियो । जिल्ला छनोट जुलाईको अन्तिम साता भएको थियो । अगस्ट १७ बाट ४५ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसपछि दुई चरणको छनोटपछि अन्तिम टोली तयार पारिएको थियो ।

सिंहले टोलीको ध्यान हालका लागि सेमिफाइनल पुग्नु रहेको बताए । अन्तिम चारमा पुगेपछि बल्ल फाइनलका लागि सोच्ने उनले तर्क गरे ।

‘हाम्रो समहूमा दुवै टोली राम्रा छन् । हामीले कुनै पनि टोलीलाई कमजोर मानेका छैनौं । आशा छ हामीले राम्रो परिणाम ल्याउन सक्छौं,’ सिंहले भने, ‘अहिले फाइनलका बारेमा सोचेकै छैनौं । सुरुमा हाम्रो ध्यान जसरी पनि सेमिफाइनल पुग्ने हो । त्यसपछि अन्य कुरा सोच्नेछौं ।’

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान प्रशान्त मोक्तान ।

प्रतियोगितामा नेपालको कप्तानी रक्षक प्रशान्त मोक्तानले गर्नेछन् । तल्लो उमेर समूहको प्रतियोगितामा लगातार तेस्रो पटक नेपालको जर्सीमा देखिन लागेका प्रशान्तले पहिलो पटक कप्तानको ‘आर्मब्यान्ड’ लगाउँदैछन् ।

सिंहको युवा टोलीमा प्रशान्त सबैभन्दा धरै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाएका खेलाडी हुन् । प्रशान्त यसै वर्ष भारतमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिपमा उर्जन श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीका प्रमुख खेलाडीमध्ये एक थिए ।

प्रशान्तले यसअघि ’साफ यु-१६ च्याम्पियनसिप २०२३’ र ’साफ यु-१७ च्याम्पियनसिप २०२४’मा नेपालको जर्सी लगाएका थिए । यी दुबै संस्करण भुटानले आयोजना गरेको थियो ।

प्रशान्तले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने दाबी गरे । उनले भने, ‘तयारी राम्रो भएको छ । प्रशिक्षकको रणनीति अनुसार खेल्छौं । टोलीमा अनुभवी खेलाडी छन् । राम्रो ‘फाइट’ दिन्छौं ।’

गत वर्ष विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यु-१८ लिगको उपाधि जित्दा प्रशान्त टोलीका सदस्य थिए । प्रशान्तसँगै गोलकिपर पेम्बा नोर्बु भोटे ,फरवार्ड रोहित श्रेष्ठ र रक्षक भुवन कामीको पनि तल्लो उमेर समूहमा यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

समूह ‘ए’मा रहेको नेपालले साेमबार श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १४ मा बंगलादेशको सामना गर्नेछ । समूह ‘बी’मा भारत माल्दिभ्स, पाकिस्तान र भुटान छन् । हेरक समूहमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS