भाद्र २९, २०८२ सोमबार | १२:०१:२४
आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने यामलले भ्यालेन्सियाविरुद्धको खेल गुमाउने

बार्सिलोनाको एकतर्फी जित

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार भ्यालेन्सियाविरुद्ध ६-० को एकतर्फी जित निकालेको छ ।

जितसँगै चार खेलमा १० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया समान खेलबाट चार अंकका साथ १४औं स्थानमा छ । 

जोहान क्रुइफ रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान दुई गोल गरे ।

खेलको २९औं मिनेटमा लोपेजको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले फेरान टोरेसको पासलाई सदुपयोग गरे ।

राफिन्हाले ५३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक मार्कस रासफोर्डले गोलको अवसर सिर्जना गरेका थिए ।

त्यसको तीन मिनेटपछि नै लोपेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले मार्क कासाडोले उपलब्ध गराएको बललाई जाली चुमाए ।

राफिन्हाले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाको अग्रता ४-० मा पुग्यो । लोपेजले गोलको अवसर सिर्जना गरेका थिए ।

लेवान्डोवस्कीले ७६औं मिनेटमा ड्यानी ओल्मोको पासलाई सदुपयोग गर्दै टोलीको अग्रता ५-० मा पुर्याए । 

१० मिनेटपछि नै लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे पनि रेफ्रीले अफसाइड ठहर गरेका थिए । तर पछि भिएआरले उक्त गोललाई मान्यता दियो । यो गोलका लागि मार्क बर्नले बल उपलब्ध गराएका थिए । 

आइतबारै सम्पन्न अन्य खेलमा ओसासुनाले रायो भायकानोलाई २-० ले हराउँदा लेभान्ते र रियाल बेटिसले २-२ को बराबरी खेले ।


भिडियो
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video