फाल्गुन १९, २०८२ मंगलबार | २२:४७:५१
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक सञ्जित सिंह र कप्तान प्रशान्त मोक्तान, तस्विर सौजन्यः साफ ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले सोमबार (आज) घरेलु टोली श्रीलंकाको सामना गर्नेछ ।

 खेल कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा  नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ ।

तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालको इतिहास गर्विलो छ । साफ च्याम्पियनसिप १०औं संस्करणसम्म आइपुग्दा नेपाल र श्रीलंकाले चार पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । यी सबै खेलमा नेपालले शतप्रतिशत जित हासिल गरेको छ ।

गोलको खुसीः साफ यु-१७ च्याम्पियनसिप २०२४ मा श्रीलंकाविरुद्ध गोल गरेपछि नेपालका स्ट्राइकर सुजन डंगोलको ‘युनिक’ ‘सेलिब्रेसन’, साथमा उनका सहकर्मी मिडफिल्डर कृष्ण बहादुर आले, तस्विर सौजन्यः साफ ।

नेपालले श्रीलंकाको पोस्टमा कुल १८ गोल गरेको छ । जवाफमा एक गोल पनि सामना गरेको छैन । यी दुईको पछिल्लो भेट गत वर्ष मात्र भएको थियो । जतिबेला सनोज श्रेष्ठको नेतृत्वमा रहेको युवा टोलीले ४-० को सानदार जित पाएको थियो, सुजन डंगोलले ह्याट्रिक गोल गरेका थिए ।

तीन वर्षअघि कोलम्बोले यु-१७ च्याम्पियनसिपको सातौं संस्करण आयोजना गरेको थियो । त्यतिबेला उर्जन श्रेष्ठको नेतृत्वमा नेपालले श्रीलंकालाई नै हराएर फाइनलमा आफ्नो स्थान बनाएको थियो । कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्समै भएको उक्त खेलमा नेपालले ६-० को रवाफिलो जित पाएको थियो । फाइनलमा नेपालले भारतसँग ४-० को नमीठो हार बेहोर्यो ।

कोलम्बोमा नेपालको त्यो चौथो फाइनल हार थियो । त्यसअघि सन् २०१३, ०१७, ०१९ मा नेपाल उपाधिबाट विमुख भएको थियो । यी सबै अवसरमा नेपाल छिमेकी भारतसँग पराजित भएको थियो । पछिल्ला दुई संस्करणमा भने नेपालले फाइनलमा स्थान बनाउन सकेन ।

साफ यु-१७ च्याम्पियनसिप २०२२ मा श्रीलंकाविरुद्ध नेपाली खेलाडीको गोल ‘सेलिब्रेसन’, तस्विर सौजन्यः साफ ।

तीन वर्षपछि कोलम्बोमा नेपाली टोलीले सुरुमा सेमिफाइनलमा पुग्ने लक्ष्य बोकेको छ । अन्तिम चारमा पुगेपछि बल्ल फाइनलका लागि सोच्ने मुख्य प्रशिक्षक सञ्जित सिंह बताउँछन् ।

‘हाम्रो समहूमा दुवै टोली राम्रा छन् । हामीले कुनै पनि टोलीलाई कमजोर मानेका छैनौं । आशा छ हामीले राम्रो परिणाम ल्याउन सक्छौं,’ आइतबार प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सिंहले भने, ‘अहिले फाइनलबारे सोचेकै छैनौं । सुरुमा हाम्रो ध्यान जसरी पनि सेमिफाइनल पुग्ने हो । त्यसपछि अन्य कुरा सोच्ने छौं ।’

जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटबाट सिंहको प्रशिक्षण टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली तयार पारेको थियो । जिल्ला छनोट जुलाई अन्तिम साता भएको थियो । त्यसपछि प्रदेशस्तरीय छनोट भयो । अगस्ट १७ बाट ४५ सदस्यीय टोलीलाई मोरङमा बन्द प्रशिक्षण राखिएको थियो । त्यसपछि दुई चरणको छनोटपछि अन्तिम टोली तयार पारिएको हो ।

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक सञ्जित सिंह, तस्विर सौजन्यः साफ ।

सिंहले प्रशिक्षण समय कम हुनाका बावजुद प्रतियोगिताका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिए । भने, ‘हामीले कम प्रशिक्षण समय पायौं । तर, जति प्रशिक्षण समय पायौं, त्यसमा खेलाडीले राम्रो प्रदर्शन गरे । हामी शारीरिक र मानसिक रूपमा तयार छौं ।’

जहाँ सिंहले आफ्ना खेलाडीसँग मात्र तीन हप्ताको प्रशिक्षण समय पाए । श्रीलंकाको अवस्था भने फरक छ । प्रतियोगिताका लागि खेलाडी दुई महिना बन्द प्रशिक्षणमा बसेका छन् । यसबीच टोलीले सात अभ्यास खेलसमेत खेल्यो ।

‘हाम्रो प्रशिक्षण ‘इन्टेन्स’ रह्यो । बन्द प्रशिक्षण लामो रह्यो । टोलीमा विदेशी मूलका खेलाडी पनि छन् । यो दुई महिनामा सबै खेलाडीले एकअर्कासँग नजिकिने मौका पाए,’ श्रीलंकाका कप्तान इशाक माउफरले भने, ‘अघिल्लो पटक हामीले घरेलु भूमिमा सेमिफाइनलसम्म यात्रा गरेका थियौं । यसपालि त्योभन्दा पनि राम्रो गर्ने विश्वास छ । हामी तयार छौं ।’

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा श्रीलंकाका मुख्य प्रशिक्षक फजुल रहुमान र कप्तान इशाक माउफर, तस्विर सौजन्यः साफ ।

दुबईबाट फुटबलको आधारभूत शिक्षा लिएका इशाकसँग त्यहाँको घरेलु प्रतियोगिता खेलेको अनुभव छ । इशाकले श्रीलंकन यु-१९ र यु-२० राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव पनि छ । इशाकसँगै टोलीमा ६ जना विदेशी मूलका श्रीलंकन नागरिक छन् ।

मुख्य प्रशिक्षक फजुल रहुमानले साफ च्याम्पियनसिपमा श्रीलंकाको इतिहास कमजोर रहनुले टोलीको मनोबलमा केही फरक नपार्ने दाबी गरे ।

‘विगतका संस्करणमा के भयो, त्यसले हामीलाई फरक पार्दैन । ‘पास्ट इज पास्ट,’ रहुमानले भने, ‘नेपाल र बंगलादेश दुबै बलिया टोली हुन् । चुनौतीका लागि तयार छौं ।’

साफ यु-१७ च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान प्रशान्त मोक्तान, तस्विर सौजन्यः साफ ।

गत संस्करण सनोज श्रेष्ठको नेतृत्वमा रहेको टोलीका पाँच खेलाडी यसपालि पनि टोलीमा छन् । अन्य खेलाडी सबै नयाँ हुन् । कप्तान प्रशान्त मोक्तान, गोलकिपरद्वय पेम्बा नोर्बु भोेटे र राम बोहरा, रक्षक भुवन कामी र फरवार्ड रोहित श्रेष्ठले अघिल्लो संस्करण पनि राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । प्रशान्त, रोहित, भुवन र पेम्बाका लागि तल्लो उमेर समूहमा यो लगातार तेस्रो प्रतियोगिता हो । रोहित र प्रशान्त नेपालका लागि साफ च्याम्पियनसिपमै हेर्नलायक खेलाडीका रूपमा हेरिएको छ ।

अनुभवी खेलाडीको समिश्रण टोलीको बलियो पक्ष रहेको प्रशान्तले बताए । उनले भने, ‘तयारी राम्रो भएको छ । प्रशिक्षकको रणनीति अनुसार खेल्छौं । टोलीमा अनुभवी खेलाडी छन् । राम्रो ‘फाइट’ दिन्छौं ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||