श्रावण २९, २०८२ बिहीबार | ०५:२१:२३
आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध ५३ रनको सहज जित दर्ता गरेको छ ।

यससँगै तीन खेलको शृंखलामा १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अस्ट्रेलिया १७ रनले विजयी भएको थियो ।

आइतबार मरारा ओभलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा १६५ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि टिम डेविड २४ बलमाा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी एलेक्स केरीले २६, कप्तान मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले १६ र बेन द्वारशुइसले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि क्वेना माफाका र कोर्विन बोशले समान तीन तथा कागिसो राबडा, लुंगी एनगिडी, नकाबायोम्जी पिटर र कप्तान एडेन मार्करमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिका लागि डिवाल्ड ब्रेभिसले ५६ बलमा १२ चौका र आठ छक्कासहित अविजित १२५ रनको योगदान गरे । यसैगरी ट्रिस्ट स्टब्सले ३१, एडेन मार्करमले १८, रायन रिकेल्टनले १४ र लुआन ड्रे प्रिटोरियसले १० रन बनाए ।

चौथो विकेटका लागि ब्रेभिस र स्टब्सले १२६ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र बेन द्वारशुइसले समान दुई तथा जोश हेजलउड र एडम जाम्पाले समान एक विकेट लिए । 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video